हुम्लामा दुई अर्बको चर्पी तर गाउँघर अझै दिसायुक्त

हुम्ला । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था रहेको छ । हुम्लाको साविकको २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ […]

जम्मु–कश्मीरको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि तीन ठाउँमा मतदान हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अहिलेको मतदान भने अध्यक्ष वाहेक […]

करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ […]

बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

बैंकले लिलाम गरेको जग्गामा सर्वोच्चले दियो सुधीर बस्नेतको पक्षमा फैसला

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको […]

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा प्रयोग

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । […]

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं, ८ मंसिर । सत्तारुढ दलभित्रको अन्तरसंघर्ष चर्किरहेका बेला नेपालस्थित चिनियाँ राजदुतले सो पार्टीका नेताहरुसँग भेटवार्ता बढाएकी छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । […]

डब्लूएचओका प्रमुखमाथि बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

काठमाडौं । इथियोपियाका पूर्वमन्त्री समेत रहेका डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रियससमाथि त्यहाँका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको छ। बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ। टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ। इथोपियाको राष्ट्रिय […]

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपेको हो। गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप गर्नु पर्ने रायसहित स्वीकृतिका संघीय […]