प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट स्वास्थ्यलाभपछि डिस्चार्ज भएका छन् । मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । प्रधानन्यायाधीश राणा आज घरमै आराम गर्ने र आइतवारदेखि सर्वोच्च अदालत जाने पारिवारिक स्रोतले जनाएको छ । राणा अस्पताल […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग […]

धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]

आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

  मङ्सिर १५,काठमाडौँ। निर्वाचन आयोगले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनु भयो । […]

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ मा मतदान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको […]

चितवनमै बस्यो एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रित बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् । केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते […]

एमाले नयाँ नेतृत्वका लागि सकियो मतदान

काठमाडौं । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्। एमाले सचिव योगेश भट्टराईले टाढा घर हुने साथीहरू घर गएकाले कम मत खसेको हुन सक्ने बताए। ‘मतदान सकियो। सायद टाढा […]

महर्जन बिजनेस भवनमा व्यवसायीको आकर्षण बढ्दो

काठमाडौं, १४ मङ्सिर । राजधानीको सबैभन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक (न्युरोड) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । यो व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त गरेर सञ्चालनमा ल्याइएको हो । मल्लकालिन बसन्तपुर […]

जीप दुर्घटनामा ४ को मृत्यु, ३ घाइते

म्याग्दी, १३ मंसिर । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी […]

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमार्डौं । कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । […]