वर्ल्डलिंक आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाँदै

ललितपुर । वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । वर्ल्डलिंकले यसै आर्थिक वर्षको अन्त्यसम्म याे काम सम्पन्न हुने जनाएकाे छ । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो […]

पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड, तापक्रम बढेपछि विद्युतले काम गर्नै छाड्यो

एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा रहेको फरनेस क्रिकले पृथ्वीको हालसम्मकै उच्च तापक्रम मापन गरेको बिबिसीले जनाएको छ। त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड मापन गरिएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा १२९.२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो। शनिबार मापन […]

राजधानीमा कोरोना धेरै फैलिन थालेपछि रोकियो ‘नाडा अटो शो’

काठमाडौँ । काेराेनाका कारण दुई दशकदेखि हुँदै आएको ‘नाडा अटो शो’ रोकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीका कारण पहिलो पटक नाडा अटो शो रोकिएको जानकारी दिए। उनले दसैँ–तिहारअघि अटो शो हुने सम्भावना नरहेको बताए। उनले भने, ‘नाडाको इतिहासमा नै पहिलो पटक अटो शो रोकिएको हो। कोभिड–१९ ले सबै क्षेत्रमा प्रभावित परेको […]

अन्ततः ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा गरे हस्ताक्षर

भिडियो सेयर एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध […]

उडन्ते दावी गरेर ट्रम्पले पोष्ट गरेको भिडियो फेसबुकले हटाइदियो

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लाे समय निकै विवादमा परेका छन् । उनले कतिबेला के कुरा बाेल्छन भन्ने थाहा हुन्न । कहिले चीन त कहिले उत्तर काेरिया लगायतका देशहरुका विरुद्धमा बेलाबेला विवादास्पद अभिव्यक्ति दिइरहने ट्रम्पले पछिल्लाे समय काेराेना बारे यस्तै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले दिएकाे उक्त विवादास्पद अभिव्यक्तिसहितकाे भिडियाे पाेष्टलाइ चर्चित सामाजिक […]

अमेरिकाका दुई यात्री अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किँदै

एजेन्सी । अन्तरिक्ष स्टेशनबाट अमेरिकाका दुइ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किँन लागेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  अमेरिकाका अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरिसकेकाे बताइएकाे छ । उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । उनीहरु स्थानीय समय अनुसार […]

भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारणमा रोक

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् […]

डिम्याट खाता अब घरबाटै खोल्न सकिने

काठमाडौं । नेपालमा सबैभन्दा धेरै सेयर कारोबार गर्ने सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ। सेमी लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ। ‘केवाइसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै […]

सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध

काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्। भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे […]

ट्रम्प र ट्विटरबीच फेरि अर्को लफडा, ट्रम्पका ट्वीट ‘हाइड’ गर्न थालियो

काठमाडौं, १७ जेठ । सामाजिक सञ्जाल ट्विटरले ‘तथ्य-जाँच’ राखेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्विटमा भनिएका कुरा गलत साबित गर्न थालेयता दुईबीच सुरु भएको शत्रुता दिनप्रतिदिन बढ्दै गएको छ। यसै क्रममा अहिले ट्विटरले ट्रम्पले गरेको ट्विट नै प्रत्यक्ष नदेखिने गरी ‘हाइड’ मा राख्न थालेको छ। ट्रम्पले हिंसालाई प्रोत्साहन गर्ने खालको ट्विट गरेकाले त्यो आफ्नो मान्यताविपरीत भएकाले […]