जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ, १६ चैत । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । […]

चीन सरकारले दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल पुग्दै

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । […]

डोल्पाका मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, चैत । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति […]

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

काठमाडौं, चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष […]

प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव […]

ओलीले एकल रुपमा तोके एमालेको महाधिवेशन, मंसिर २–६सम्म महाधिवेशन हुने

काठमाडौं, २८ फागुन । नेकपा एमालेको ओली पक्षले एकल रुपमा पार्टीको महाधिवेशन तोकेको छ । एमाले अध्यक्ष ओलीले आज आफू निकटका नेताहरुलाई बोलाएर आफू र महासचिव वाहेक सबै पदाधिकारी खारेज गर्नुका साथै पार्टीको दशौं महाधिवेशनको मिति पनि तय गरेका हुन् । ओलीले अब पार्टीको दसौ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका […]

ओलीले गरे एमालेका सबै पदाधिकारी खारेज, नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो

काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेमा महासचिव वाहेक सबै पदाधिकारीहरुलाई कारवाही गरेका छन् । साथै उनले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएका प्रदेशका इन्चार्जहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी सोही महाधिवेशनबाट उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज […]

८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्राबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् । पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन […]

यस्तो छ ओलीविरुद्ध संसदभित्रको समिकरण

काठमाडौं, २५ फागुन । पुनस्र्थापित संसदको पहिलो बैठकमै सरकारले अध्यादेश ल्याएपछि झस्किएको नेपाली कांग्रेस अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मूडमा पुगेको छ । यसअघि कांग्रेसभित्र सरकारमा जाने र नजाने अथवा ओलीसँग समिकरण बनाउने वा प्रचण्ड माधवसँग समिकरण बनाउने भन्नेमा अलमल देखिएको थियो । तर, ओलीले निरन्तर संविधान विपरित कदम चालेको भन्दै कांग्रेस ओली वाहेकका दलहरुको गठबन्धन […]

यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ । पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी […]