भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको […]

पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका […]

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् । बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि […]

कर्णाली प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईको निधन

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

यी हुन ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद

काठमाडौं । सरकार जोगाउनका लागि केपी शर्मा ओलीले आज संघीय प्रतिनिधि सभामा लिएको विश्वासको मतमा उनकै पार्टीका २८ सांसदले उनलाई मत दिएनन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिने निर्णयसहित संसद बैठकमै अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली […]

ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको […]

खोप आयात अनियमततामा सरकार नै उद्यत रहेको छ : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भएको अनियमततामा सरकार नै उद्यत रहेको आरोप लगाएको छ । उनले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको न्यूनतम जिम्मेवारीबोधसमेत नगरेको आरोप लगाएका हुन् । विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा […]

पाँच लाख धरौटीमा अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । बस्न्यातले सर्वोच्चमा […]

महामारीः नेताको रजाई, जनताको हविगत

    यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने ठाउँ समेत पाइदैन । केही दिनअघि मात्र पशुपति आर्यघाटमा लास जलाउने ठाउँ नपाएर बागमति बगरमा नै जलाइएको फोटो, […]