नास्टले कोरोना भाइरस नियन्त्रण गर्न रोबोट ल्याउने

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका […]

सरकारविरुद्ध पशुपतिमा ठूलो प्रदर्शनको तयारी, व्यापक प्रहरी परिचालन

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूलढोका अगाडि आज ठूलो जनसमूह जम्मा हुन लागेको छ । पशुपतिनाथको ढोका खोलेर भक्तजनहरुले पुजापाठ गर्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध यो प्रदर्शन गरिएको बताइएको छ । भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरी सबैलाई आजको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । उनले यो संयुक्त धार्मिक सामाजिक संघसंगठनहरुको […]

हुम्लामा अठार करोडको रैथाने चिनु उत्पादन

हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको जानकारी कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिएका छन् यसको स्थानीय […]

काठमाडौंमा संक्रमण र मृत्यु दर बढ्यो, २४ घन्टामा उपत्यकामा मात्र ६७६ संक्रमित, ५ को मृत्यु

काठमाडौं, ३० भदौ । निषेधाज्ञा खुकुलाे भएलगत्तै काठमाडाैं उपत्यकामा काेराेना संक्रमण दर पनि ह्वात्तै बढेकाे छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । त्यसैगरी संक्रमितकाे मृत्यु पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लाे २४ घन्टामा उपत्यकामा […]

एक हप्तामै आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको हवाइ यातायात र लामो दुरीका यातायात सेवा अब एक हप्तामै सुचारु हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाइ यातायात सेवा र लामो दुरीका यातायात सेवा असोज ५ गतेबाट खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले यी दुबै सेवा खोल्नका लागि पटक पटक […]

नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै १९ जनाको मृत्यु

काठमाडौं, २९ भदौ । नेपालमा काेराेना संक्रमणबाट एकैदिन अहिलेसम्म बढी मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा नै ६ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२ जनाएकाे मृत्यु भएकाे छ । […]

सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२

काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् ।  उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका […]

फेरि छिर्न खोज्दै नेटवर्किङ व्यवसाय, ‘कानुनी छिद्र’ बन्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, २९ भदाै । नेपालमा फेरि कानुनी छिद्रको प्रयोग गरेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने कम्पनी दर्ता हुन थालेपछि संसदीय अध्ययन उपसमितिले त्यसलाई रोक्न सुझाव दिएको छ। संसदको उपभोक्ता हित तथा संरक्षण समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, ०७४ र त्यसको नियमावली २०७६ संशोधन […]

राजधानीमा ५९७ संक्रमित देशभर १०३९

काठमाडौं, २८ भदौ । आइतवार नेपालमा १०३९ जना काेराेना भाइरसका संक्रमित देखा परेका छन् । देशभर अघिल्लाे दिनभन्दा संक्रमणकाे दर घटे पनि उपत्यकामा भने संक्रमण बढेकाे छ । आइतबार काठमाडाैं उपत्यकामा ५९७ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ । त्यसमध्ये पनि धेरै संक्रमित काठमाडाै जिल्लाका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४८३ […]

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ को शव फेला, २८ वेपत्ता, गएराति सबैभन्दा ठूलो पानी बाह्रबीसेमा

काठमाडौं, २८ भदौ। सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ । बाह्रविसे नगरपालिका वार्ड नं ७ का तीन ठाउँमा पहिराे गएकाे हाे । साे ठाउँका नागपुजे र भिरखर्कमा गएकाे पहिरोले ठूलाे जनधनकाे क्षति पुगेकाे छ । अहिलेसम्म पहिराेमा परेका मध्ये ३ जनाकाे शव भेटिएकाे छ भने २८ जना वेपत्ता छन् । पहिरोले नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, […]