ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

काठमाडौं, २८ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए, ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन […]

ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

चितवन, २८ पुस । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए ।   अहिलेसम्मको अध्ययनले खोप लगाएको […]

आठ हप्ताभित्र आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं ः विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ। डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा […]

इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्

काठमाडौं, २७ पुस । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन […]

निरन्तर कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी

काठमाडौं, २७ पुस । पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।   यसैगरी पुस २० गते […]

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

काठमाडौं, २६ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]

कोभिड–१९ विरुद्धको तेस्रो डोज माघको पहिलो साताबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ । मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप […]

कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

पुस २१ , काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष […]

कोरना खोपको बुस्टर डोज बुधबार बात दिइदै

पुस २०, काठमाडौं ।  सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अतिरिक्त ( बुस्टर डोज ) मात्रा खोप बुधबारबाट दिने भएको छ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा […]