नेपाल टेलिकम र एनसेलले पौने आठ अर्ब राजस्व बुझाए

काठमाडौं । नेपालका दुर्इ ठूला दूरसंचार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई ७ अर्ब बढी रकम तिरेका छन् । दुर्इ कम्पनीले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी वापत साे रकम सरकारलार्इ तिरेका हुन् । दुर्इ कम्पनीले सेवा प्रदायकहरूले आफ्नो वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोषमा योगदानका रुपमा […]

अपराध अनुसन्धानमा नयाँ प्रविधि प्रयाेग गर्न प्रहरीलाई आग्रह

हेटौँडा, २८ असोज । ६२ औँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अर्पण गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा […]

टेलिकमले ल्यायो नयाँ सेवा । अब ग्राहक हुनेछन् यसरी सन्तुष्ट

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ । उक्त केन्द्रको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरूपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए […]

उपभोक्तालाई ठगिनबाट जोगाउन ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ २५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७०० ट््याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको […]

१८ महिनामा डेढ करोड मोबाइलका आईएमईआई टेलिकममा दर्ता

काठमाडौं । १८ महिनाको अवधिमा डेढ करोड मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको १८ महिना पुग्दा एक करोड ४१ लाखभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको जानकारी दिएको छ। मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले अघिल्लो वैशाख १ देखि आईएमईआई […]

एर्मा आँधीबाट नासाको नासो ‘मुन ट्री’ समेत नष्ट

एजेन्सी । क्यारेबियन महासागरबाट शुरु भई संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लाखौँ मानिसलाई आतंकित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको बताइएको छ । फ्लोरिडाले शुक्रबार आँधीबाट भएका क्षतिको लगत संकलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ […]

डिसहाेमले सुरु गर्याे रमाइलाे टिभी र एक्सन स्पाेर्टस च्यानल

काठमाडाैं । डिसहोमले ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस’ नामक दुई नयाँ च्यानलको प्रसारण सुरु गरेको गरेको छ। रमाईलो टिभी विशेषगरी मनोरञ्जन संग सम्बन्धीत छ भने एक्सन स्पोर्टस टिभीमा भने खेलकुद संग सम्बन्धीत छ। च्यानल नं १०४ (रमाईलो टिभी) मा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रसारण […]

नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ। टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाको रिचार्ज गर्दा दश प्रतिशत […]

एप्स सञ्चालनमा टेलिकमले एक महिना नि:शुल्क सेवा दिने

काठमाडौं । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । ‘वाउटाइम’ एप्स सञ्चालनमा आएपछि यो सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ । टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, […]

एके–४७ राइफलका निर्माताकाे विशाल शालिक अनावरण

एजेन्सी । एके–४७ राइफलका अन्वेषक मिखाइल कालास्निकोवको सालिक रुसको राजधानी मस्कोमा अनावरण गरिएको छ। हालसम्म सबैभन्दा धेरै व्यक्तिको ज्यान लिएको विश्वास गरिने सो राइफलका निर्माताको सम्मानमा मस्कोको गार्डेन रिङमा उनको सालिक स्थापना गरिएको हो। १३ फिट अग्लो बैठकमा राखिएको १६ फिट अग्लो सालिक राखिएको छ, जहाँ कालास्निकोव एके–४७ राइफल समातेर उभिएका देखिन्छन्। ‘मेरो पितृभूमिको रक्षाका […]