एमालेका मन्त्रीहरु थपेर सुदूरपश्‍चिमको मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर […]

माधव नेपालको टिमलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको […]

मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्रालयले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृहमन्त्रालयमा बोलाएर नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् । साथै गृहले निषेधाज्ञा उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई […]

प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीतः सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभा विघटन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले विघटन यसअघिको सर्वोच्चको फैसलाको […]

गृहमन्त्री बादलसहित प्रचण्ड छाडेर ओलीतिर लागेका सात मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र […]

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ मानिसहरु संक्रमित र हजारौ मानिसहरुको मृत्यु हुन थालेपछि भारतका अस्पतालहरुमा कोरोना संक्रमितहरुको चाप बढ्न थाल्यो […]

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने

काठमाडौँ । अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्। तर, कुन-कुन मुलुकलाई खोप दिइने भन्नेबारे बाइडेनले केही पनि खुलाएका छैनन् । ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट […]

आईसीयू र भेन्टिलेटर खाली भएका काठमाडौंका यी अस्पतालमा (सूचीसहित)

काठमाडौं । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ। कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड […]

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ । हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०.७१ अंकले बढेको बजार २७५९.२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो। आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ […]

भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको […]