मंगलबार १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे ६६३

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका ६६३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस लागेर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण राजधानी काठमाडौं पूरै आक्रान्त बनेको छ । काठमाडौंमा भाइरसको दैनिक […]

देशभर ३५५६ जना नयाँ संक्रमित थपिदा, २१३९काठमाडौंका

काठमाडौं, २७ असोज । मंगलबार नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १५५७७ नमूना परीक्षण गरिएको जानकारी दिएको छ । मंगलबार संक्रमित भएका ३५५६ संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ […]

सोमवार फेरि बढे संक्रमित, ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं, २६ असोज । नेपालमा कोरोना संक्रमणको दर फेरि बढेको छ । सोमवार २४ घण्टामा ४०४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार पाँच हजार नाघेको संक्रमण आइतबार भने २ हजारा झरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार देशभरका प्रयोगशालामा १४५३० नमूना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको […]

भारत र चीनबिच सीमा विवादलाई लिएर वार्ता हुँदै

एजेन्सी । भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सो पत्रिकामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो । यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका […]

कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने

काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो । सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. […]

काठमाडौं उपत्यकामै भेटिए २६७२ संक्रमित

काठमाडौं, २४ असोज, । देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]

कोरोनाबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन

ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। गोदावरी नगरपालिका ९, छम्पी घर भएका विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । यी लक्षणहरु देखिएपछि उनलाई उपचारका लागि असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको […]

पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो । आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य […]