शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]

हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो

काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश […]

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ […]

सामाजिक एकतामा ‘आसमान नेपाल ’को योगदान

असोज १९ ,जनकपुरधाम । चार वर्ण छत्तीस जातिको साझा फूलबारीको रुपमा परिचित नेपालको आसमान (आकाश)का साँच्चिकै आसमान नेपालले सामाजिक एकताको माला बुन्न योगदान दिएको देखिन्छ । वास्तवमा शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्य रहे पनि यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र […]

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]

मौलिक सम्पदा, परम्परागत दाफा गीत संगीतलाइ राज्यले चिन्नै सकेन , परम्परागत दाफा गीतहरु सार्वजनिक- भिडियो सहित

काठमाडौँ। वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत दाफा गीत संगीतलाइ राज्यबाट अपेक्षा भएको बताउनु भयो। ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरको रचना र स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गर्दै शताव्दी पुरुष जोशीले कला र कलाकर्मीको उठान सम्रक्षण गर्न बनेको प्रज्ञा प्रतिष्ठानले काठमाडौँ उपत्यका भित्रका नेवार समुदायले प्रत्यक बर्ष धार्मिक […]

नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र

काठमाडौँ। नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र बुझाएका छन्। नेवार जातीको छाता संगठन नेवाः देय् दबूया नेतृत्वमा अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिहिबार बिभाग का महानिर्देशक नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जनगणनाको प्रश्नावली ६ […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ। शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

महानगरका प्रमुख शाक्य र उपप्रमुखश्रेष्ठ, खड्गीलाइ समुदायबात सम्मान

  काठमाडौँ। काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ शनिवार सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट््येश्वर […]