रुसमा हलिउडका फिल्म प्रदर्शन नहुने

  फागुन १७, काठमाडौं  – रुसमा हलिउडका चलचित्रहरु  प्रदर्शन नहुने भएको छ।   हलिउड स्टुडिओजले युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्। रुसको  सिनेमा हलहरूमा  नयाँ चलचित्र  ‘ द वार्नर ब्रोज ’  प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।

बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर

 फागुन १४ , ललितपुर ।  बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्ना भएको छ  । गुण फिल्मस्काे ब्यानरमा पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको उक्त चलचित्र कर्मका निर्माता राजेन्द्र शाक्य रहेका चलचित्र आज ललितपुर ग्वार्को  स्थित गुण सिनेमा  प्रिमियर सो संगै सार्वजनिक गरिएको  हो ।  वरिस्ठ हास्य कलाकार मदनकृष्ण […]

फिल्म ‘गंगुबाई काठियावाडी’को नाम फेर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

भारतीयको सर्वोच्च अदालतले शुक्रबार रिलिजको तैयारीमा रहेको  चलचित्र  ‘गंगुबाई काठियावाडी’का निर्मातालाई फिल्मको नाम फेर्न निर्देशन दिएको छ ।   आफूलाई गंगुबाई काठियावाडीका धर्मपुत्र भन्ने बाबुजी रावजी शाहले यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । बाबुजी रावजी शाह यसअघि यसै बिषयलाई लिएर मुम्बई उच्च अदालत पुगेका थिए तर त्यहाँ उनको याचिका खारेज भएपछि उनि सर्वोच्च […]

पछिल्लो समय कस्ता गीत चल्दैछन् ?

काठमाडौं, ९ फागुन । युट्युबमा दिनमै आधा दर्जन बढी गीतका भिडियो सार्वजनिक हुँदै आएका छन् । तर सार्वजनिकमध्ये श्रोतादर्शकको माया अर्थात् युट्युबमा राम्रो भ्युज पाउने सौभाग्य भने एकाध गीतलाई मात्र मिल्छ । पछिल्लो समय यस्तो सौभाग्य पाएका गीत हुन्, ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ । दुई साताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतले ४३ लाख ८० हजार […]

रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

काठमाडौं, ७ फागुन । तमिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज […]

टिकटकमा भाइरल कच्चा बदाम : गायकले पाए ३ लाख, बंगालदेशबाट पनि अफर

काठमाडौ, ७ फागुन । भुवन बादायकरलाई एक म्युजिक कम्पनीले उनको भाइरल गीत कच्चा बदामका लागि लाखौँ रुपैयाँ दिएको छ भने पश्चिम बंगाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौँ अफर पनि आइरहेको । हालै एक अन्तरवार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ […]

‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

काठमाडौं, ७ फागुन । भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् । यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र तेलुगू […]

वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा

काठमाडौं, ७ फागुन । हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एवं अभिनेत्री एन्जेलिना जोलीविरुद्ध मुद्दा हालेका छन् । जोलीले संयुक्त लगानी रहेको एक वाइन व्यवसायको शेयर रुसी व्यापारी युरी शेफ्लरलाई बेचेपछि ब्राड पिटले मुद्दा हालेका हुन् । पिटले शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको मेट्रो डटकमले […]

के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?

काठमाडौं, ७ फागुन । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ । यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका छन् । गीतमा महेशकै […]

म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?

काठमाडौं, ७ फागुन । पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई लिएर निर्माण पक्षले प्रचारका विभिन्न शैलीहरु अपनाएको छ। निर्माण पक्ष फिल्मका अभिनेता र अभिनेत्रीसँग कहिले सिनेमा हलमा पुगिरहेको छ त कहिले फरक फरक भाषाका म्युजिक भिडियो निर्माण गरेर फिल्मको […]