विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई केही समय अगाडि हिरासत मुक्त गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले आगजनी तथा संगठित अपराधको मुद्दामा बाँस्तोलालाई काभ्रे प्रहरीको हिरासतमा राखिएको र आज रिहा गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले […]

सरकारले गर्याे विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति […]

सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं, २० फागुन । सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार सो सहमति भएको हो। तीन चरणको वार्तापछि सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति भएको हो । सहमतिपछि दुबै टोलीका संयोजकले हस्ताक्षर गरेको प्रेस नोट जारी गरिएको छ ।  दुई पक्षबीच […]

सरकार र विद्रोही नेकपाबीच एकैदिन दुई चरणमा वार्ता

काठमाडाैं । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधवार अपरान्ह भएको दोस्रो चरणको वार्ता विषयवस्तुमा प्रवेश गरेको बताइएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको […]

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बार्ता टोली

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादललाई दिइएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक विज्ञप्ति जारी गर्दै विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोलीमा […]

फागुन २३ गते बोलाइयो पुनर्स्थापित प्रतिनिधि सभाको बैठक

काठमाडौं, १७ फागुन । पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन […]

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरू

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरू गरेका छन् । वडा तहबाटै काम शुरू भएको बताइएको छ । […]

सरकारले ग¥यो ३६ जिल्लाका सिडिओसहित ५२ सहसचिव, उपसचिवको सरुवा

काठमाडौ, १४ फागुन। सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो ।  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख […]

सर्वोच्च अदालतले ग¥यो संसद पुनर्स्थापना, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री […]

सुरक्षा परिषदको बैठक सम्पन्न, विद्रोही नेकपाकाबारेमा छलफल

काठमाडौं, ११ फागुन । प्रधानमन्त्रीले बोलाएको सुरक्षा परिषदको बैठक सकिएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा बैठक बसेको हो । प्रधानमन्त्रीले संसद पुनस्र्थापना भए संकटकाल लगाउने चर्चा चलिरहेका बेला मंगलबार बिहानै सुरक्षा परिषदको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, रक्षामन्त्रालय स्रोतले भने आजको बैठकमा विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बारेमा छलफल […]