निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टसहित ८ प्रहरी अधिकारीले पाए सफाइ

काठमाडौं, १५ साउन । निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए । एसपी बिष्ट […]

जाजरकोटको स्याक्रीमा विषालु च्याउँ खाँदा एकैघरका ४ जनाको मृत्यु

सुर्खेत, १३ साउन । जाजरकोटको कुशे गाउँपालिकामा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । एक जनाको घरमै र ३ जनाको उपचारका लागि सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।  कुशे गाउँपालिका वार्ड नं. १ स्याँक्रीका टेकबहादुर चलाउनेको घरमा यस्तो घटना भएको हो । विषालु च्याउको तरकारी खाएका उक्त घरमा ८ […]

पहिरोले पुर्यो स्काभेटर, टिपर र ट्याक्टर, दुई जना बेपत्ता

बाग्लुङ । बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो […]

प्रधानन्यायाधिश चोलेन्द्रमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, ९ साउन । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश […]

अक्सफोर्डका वैज्ञानिकले कोरोना भ्याक्सिन बनाएपछि आपतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले दियो बधाइ

काठमाडौं, ६ साउन । अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइसमेत दिँदै डब्ल्यूएचओले भ्याक्सिन बने पनि फैलिँदो संक्रमणका विरुद्ध लड्नका लागि अझै धेरै […]

राजधानीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगेहात पक्राउ

काठमाडौं, ५ असार । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले राजधानीकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेकाे छ । विकास निर्माणकाे काम सम्पन्न भएकाे भुक्तानी दिएवापत लाख बढी घुस मागेकाे खुलेपछि अख्तियारले उनलाइ निगरानी राखेर पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी छन् […]

१२ घन्टादेखि लगातार वर्षा केही दिन अझै उच्च वर्षा हुने

काठमाडाैं । राजधानीसहित देशका अधिकांश ठाउँमा पछिल्लाे १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार […]

मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि

जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको […]

पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे […]

म्याग्दी पहिरोमा ३२ जना बेपत्ता, पोखरा पहिरोमा सात जनाको मृत्यु

पाेखरा, २६ असार । प्रदेश पाँच अन्तर्गत म्याग्दी र पाेखरामा पहिराेले ठूलाे धनजनकाे क्षति पुर्याएकाे छ । म्याग्दीमा गएकाे पहिराेमा परेर ३२ जना वेपत्ता भएका छन भने पाेखरामा गएकाे पहिराेमा परेर सात जनाकाे मृत्यु भएकाे छ । बिहीबार रातिबाट परेकाे अविरल वर्षाका कारण म्याग्दीमा गएकाे पहिराेमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका […]