‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश […]

बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाइ प्रतिपरिवार २ लाख राहत दिइने

काठमाडौं, ५ भदौ । बाढी पहिरोमा मृत्यु हुनेका परिवारले २ लाख रुपैंया राहत पाउने भएका छन् । सरकारले मृतकका परिवारलाइ राहत  प्रदान गर्ने निर्णय गरेको हाे। बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले […]

राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]

अछाममा बाढीको वितण्डा, ६ जनाको शव भेटियो, एकै घरका १० सहित दुई दर्जन बढी वेपत्ता

अछाम । अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ । बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता […]

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

ट्वीटरमा खुलेनन मोदी, टेलिफोनमा भने द्वीपक्षीय सम्बन्ध राम्रो बनाउने कुरा

काठमाडौँ। नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ। ‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा […]

आजदेखि लगाइयो प्रतिबन्ध, यस्ता गतिविधि गरे कडा कारवाही गर्ने सरकारको तयारी

काठमाडौँ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले अाजदेखि विभिन्न गतिविधिमाथि राेक लगाएकाे छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि प्रशासनले भिडभाड बढाउने र अन्य गतिविधिमाथि कडा प्रतिबन्ध लगाउने अादेश दिएकाे हाे । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख […]

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ताहरुलाई रिचार्ज हाल्ने माध्यम बन्दै

हुम्ला । संघीय सरकारको अति मत्वाकांक्षी सामाजिक सुरक्षा योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हुम्लाका स्थानीय तहहरूका लागि आफ्ना कार्यकर्ता खुसी पार्ने र उनीहरूको रिचार्ज हाल्ने गतिविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत “प्रधानमन्त्री रोजगार कार्यक्रम”बाट आ।व। २०७६/०७७ मा देशभरका स्थानीय तहहरूका लागि दुई अर्ब बजेट खर्च गरिएको छ । त्यसमध्ये हुम्लाका स्थानीय […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]