कोरोनाले एक मन्त्रीको मृत्यु, भारतमा गृहमन्त्रीसहित थुप्रै मन्त्रीमा देखियो कोराना

काठमाडाैं । भारतमा काेराेना संक्रमित एक मन्त्रीकाे मृत्यु भएकाे छ । नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको काेराेनाले मृत्यु भएकाे हाे । कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे हाे । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले […]

काठमाडौँ महानगरपालिकाले गर्यो कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कतौती

काठमाडौं । कोरोना कहरसँगै मितव्ययी बन्दै काठमाडौँ महानगरपालिका, कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कतौती गरेको छ। महानगले यो कदमलाई सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनीको रुपमा रहेको जनाएको छ । महानगरले हाल बिध्यमान रहेको अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गर्दै यस्तो कार्यको थालनी गरेको हो । प्रमुख […]

मेलम्ची पहिरो अपडेट: सुतेकै ठाउँमा खसेको पहिरोमा पुरिएका मध्ये ४ को शव फेला पर्यो

काठमाडाैं । साेमवार बिहानै मेलम्चीमा पहिराे खस्दा पुरिएका मध्ये ४ मजदुरकाे शव फेला परेकाे छ । अन्य चार जना अझै बेपत्ता रहेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ साेमवार गएराति २ बजेतिर पहिराे गएकाे थियाे । पहिरोमा परेका मध्ये १ जनाकाे जिवितै उद्धार गरिएकाे थियाे । उद्धार गरिएका भारतीय नागरिकलाइ उपचारका लागि अस्पताल लगिएकाे छ […]

नक्कली डिएसपी बनेर बजारमा ठग्दै हिड्ने दुई पक्राउ

घोराही, १९ साउन । दाङमा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेकाे दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये सुराेज […]

एकाबिहानै पहिरो खस्दा मेलम्चीमा सुतिरहेका ९ मजदुर पुरिए, १ को जीवितै उद्धार

काठमाडौँ । साेमवार बिहानै पहिराे खस्दा मेलम्चीमा सुतिरहेका ९ जना पुरिएका छन् । पुरिएका मध्ये १ जनाकाे जीवितै उद्धार गरिएकाे छ । सिन्धुपाल्चोकको मेलम्ची-११ मा पहिरो खसेकाे हाे । साेमबार बिहान साढे तीन बजेतिर माथिबाट पहिरो खसेकाे र पहिराेमा पुरिएकाहरुको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । मेलम्चीका मेयर डम्बर बहादुर अर्यालले ८ जनालाई नै […]

सञ्जेलमाथि कुटपिट गर्ने २ महिला कर्मचारी बर्खास्त, ५ दिने म्याद थपेर हिरासतमा राखियो

विराटनगर, १८ साउन । भ्रष्टाचारका विरुद्ध खराे बाेल्ने उपसचिव प्रेम सञ्जेललाइ कार्यकक्षमै हातपात गर्ने कर्मचारी बर्खास्त गरिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका उपसचिव सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा कार्यरत २ कर्मचारीलाई कामबाट बर्खास्त गरेका हुन् । शनिबार कार्यकक्षमा छिरेर उनकै कार्यालयमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । […]

‘Diplomatic Cold War’ Makes the United States More Isolated

America has closed the Chinese consulate earlier. On July 21, the United States unilaterally decided to close the Chinese Consulate office in Houston. Subsequently, China also closed the US Consulate in Chengdu. This is a world practice in diplomacy. When one creates a problem, the other responds. It has become an international practice in diplomacy […]

गृह मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढा

गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो । प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको जिम्मेवारी बुढाले पाएका हुन् । यस अघि बुढा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । बिभिन्न जिल्लाको सिडिओ भएको अनुभव […]

सरकारी कार्यालय र समुदायस्तरमै कोरोना फैलिएपछि नेपालगञ्जमा तीन दिने कर्फ्यू

नेपालगञ्ज, १८ साउन । बाँकेकाे सदरमुकाम नेपालगञ्जमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएकाे छ । कोरोनाको जोखिम बढेपछि स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हाे । नेपालगञ्जमा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएकाे पुष्टि भएकाे छ । साथै सरकारी कार्यालयहरुमा पनि काेराेना फैलिएकाे बताइएकाे छ । सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन […]

कोरोना संक्रमण फैलिएपछि ट्राफिक मुख्यालय पूरै शिल, एसएसपीसहित ३७५ प्रहरी भित्रै आइसोलेसनमा

काठमाडौं, १८ साउन । काेराेना संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे छ । सिल गरिएकाे बग्गिखानाभित्र एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । बग्गिखानामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक मुख्यालय पूरै सिल गरिएकाे हाे । शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा पठाइएको छ । महाशाखामा पूर्ण […]