कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन

रुपन्देही, ९ माघ । कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् । अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी […]

इन्द्रावती र सुनकोसीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक, ९ माघ । भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जना पुरुष र महिला बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका […]

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक […]

सुनसरीमा श्रीमतीमाथि तरवार प्रहार गरी हत्या

सुनसरी, ८ माघ । सुनसरीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका(१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको […]

स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

महोत्तरी, ८ माघ । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट […]

रुपन्देहीमा युवती बलात्कृत, २ युवक पक्राउ

रुपन्देही, ८ माघ । रुपन्देहीमा एक युवती बलात्कारमा संलग्न दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो । गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली […]

आइतबार देशभरका अदालत बन्द

काठमाडौं, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो […]

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए। हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको […]

काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर-विजोर लागू गरिएको  छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले आज बिहिबार यस्तो निर्णय गरेको हो। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय भए अनुसार  शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने भएको छ । नयाँ व्यवस्था अनुसार […]

भक्तपुरका मानन्धर समुदाय ताेरीकाे तेललाई ब्राण्ड बनाउदै

मङ्सिर ६, भक्तपुर ।  भक्तपुरका मानन्धर समुदायले लाेप हुने स्थितिमा पुगेकाे स्थानिय उत्पादन ताेरीकाे तेललाई ब्राण्ड बनाउनकाे लागि छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेकाे परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघकाे अगुवाइमा सम्पन्न गरेकाे प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, […]