कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]

समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]

कोरोना त्रास: आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर […]

कोरोनाभाइरसको प्रकोप: अमेरिकामा थप चारको मृत्यु

एजेन्सी, २० फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका […]

विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि […]

भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी […]

कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ […]

सामान बोकेको पानीजहाज माछा मार्ने डुंगासँग ठोक्किदा १३ जना बेपत्ता

एजेन्सी, जापानमा शनिबार राति सामान बोकेको एउटा पानी जहाज माछा मार्ने डुंगासँग ठोक्किदा १३ जना बेपत्ता भएका छन्। शनिबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर दक्षिण कोरिया आउँदै गरेको चीनको गोउसिङ १ कार्गोजहाज र जापानी डुंगा ठोक्किएका थिए। दुर्घटनामा परी जहाजको चालक दलका १३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमध्ये सात चिनियाँ, पाँच भियतनामी र […]

नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै

काठमाडौं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज ९आइतबार० नेपाल आउँदैछन् । उनी आफ्नो कार्यकाल सम्हालन आज नेपाल आउन लागेका हुन् । नेपालस्थित भारतीय दूतावासका अनुसार नवनियुक्त भारतीय राजदूत क्वात्रा आज बिहान १०ः१५ मा काठमाडौं आइपुग्ने छन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।  यसअघि आफ्नो तीन वर्षे कार्यकाल […]

कोरोनाभाइरस (कोभिड–२०१९) त्रास विश्वभरि नै

कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ। कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् […]