५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]

काठमाडौँ उपत्यकमा निषेधाज्ञा भदौ १७ सम्म थप

भदौ १० ,काठमाडौँ । राजधानीमा जारी निषेधाज्ञा एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । सर्वपक्षीय संगको छलफल पछि छलफल पछि […]

गोली हानेर दुईजना लागुऔषध कारोबारी गिरफ्तार

रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक […]

चितवनको अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

भरतपुर, १० भदौ । नुवाकाेटमा एकजना भगाैडा काेराेना संक्रमित पक्राउ परेका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकाेटमा पक्राउ परेका हुन् ।  बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित चेकिङका क्रममा उनलाइ पक्राउ गरिएको नुवाकाेट प्रहरीले जनाएकाे छ । साइकलमा जाँदै गर्दा उनलाइ प्रहरीले शंका लागि राेकेकाे र त्यसपछि उनलाइ पक्राउ गरिएकाे बताइएकाे […]

स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिल नजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्राम तर्फ आउदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्राम स्थित क्रिमसन […]

राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]

बालिका बलात्कारमा सम्लग्नमाथि कडाभन्दा कडा कारवाही गर्न अधिकारकर्मीहरुको माग

बुटवल, ९ भदाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालिका बलात्कार गर्नेलाई कडा कार्वाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन । साेमवार एक वक्तव्य जारी गर्दै अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशले दोषीलाई कानुन अनुसार सजायको माग गरेको हो । सञ्जालकी अध्यक्ष देबी ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन माग गरेकी छन् । […]

कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृत्यु हुने पुगे १६४

काठमाडाैँ, ९ भदाै । कोरोना भाइरसकाे स‌ंक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। काेरानाका कारण पछिल्लो २४ घण्टामा देशभर ७ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयले काठमाडाैँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ […]

संसदीय समितिले दियो २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिन निर्देशन

काठमाडौँ, ९ भदाै । कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र विराेध भएपछि संसदीय समितिले यस्ताे निर्देशन दिएकाे हाे । रिपोर्ट आउन निकै ढिलाइ भएकाे भन्दै सर्वत्र […]

सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]