एक हप्तामै आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको हवाइ यातायात र लामो दुरीका यातायात सेवा अब एक हप्तामै सुचारु हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाइ यातायात सेवा र लामो दुरीका यातायात सेवा असोज ५ गतेबाट खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले यी दुबै सेवा खोल्नका लागि पटक पटक […]

बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारले सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाइ राष्ट्रिय सभा सदस्य बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । यसअघिका अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि उनकाे रिक्त रहेकाे ठाउँमा नेता गाैतमलाइ […]

नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै १९ जनाको मृत्यु

काठमाडौं, २९ भदौ । नेपालमा काेराेना संक्रमणबाट एकैदिन अहिलेसम्म बढी मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा नै ६ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२ जनाएकाे मृत्यु भएकाे छ । […]

सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२

काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् ।  उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका […]

दशगजामा गोली चल्दा एक नेपाली युवक घाइते

विराटनगर, २९ भदाै । भारत र नेपालको सीमा क्षेत्रस्थित दशगजामा गोली चल्दा एक युवक घाइते भएका छन्। विराटनगर र भारतको जोगबनीको दशगजामा विराटनगर १२ का दीपक मण्डल घाइते भएको प्रहरी कार्यालय मोरङ्गले जनाएको छ। मोरङ्गले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घाइते मण्डल खुट्टाको औलामा चोट लागेको छ । २४ वर्षीय मण्डल लागु औषध […]

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ को शव फेला, २८ वेपत्ता, गएराति सबैभन्दा ठूलो पानी बाह्रबीसेमा

काठमाडौं, २८ भदौ। सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ । बाह्रविसे नगरपालिका वार्ड नं ७ का तीन ठाउँमा पहिराे गएकाे हाे । साे ठाउँका नागपुजे र भिरखर्कमा गएकाे पहिरोले ठूलाे जनधनकाे क्षति पुगेकाे छ । अहिलेसम्म पहिराेमा परेका मध्ये ३ जनाकाे शव भेटिएकाे छ भने २८ जना वेपत्ता छन् । पहिरोले नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, […]

पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]

केपी ओली र प्रचण्डको प्रस्ताव विरुद्ध माधव नेपालले ल्याए १७ बुँदे प्रस्ताव (१७ बुँदेसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ बहस सुरु गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नाे १७ बुँदे नयाँ टिप्पणी प्रस्तुत गर्दै बहस सुरु गरेका हुन्। स्थायी समितिकाे […]

थिमीमा ह्दयविदारक घटना, औषधी फ्याक्ट्रीमा जागिरे श्रीमान, श्रीमती र छोरा एकै साथ मृत फेला

भक्तपुर । भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा शव फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको […]

बिहीबार थपिए १२४६ कोरोनाका नयाँ संक्रमित

काठमाडौं, २५ भदौ । नेपालमा एकैदिन १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा बढी काठमाडाैं उपत्यकामा काेराेनाका संक्रमित भेटिएका छन् । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । […]