एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल

काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]

आफ्नै खेतमा धान लगाउन खोकनाका किसान भन्छन, ‘सरकार कि रोपाई गर्न दे, नभए मारी दे’ (भिडियो)

  काठमाडौं उपत्यकाभित्रको  दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती खोकनाका किसानहरु पनि सोमबार दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान रोप्न थाले । यहाँको रौनक नै बेग्लै थियो । पानी पनि पर्दै थियो । तैपनि पानीको पर्वाह नगरी कोही धान रोप्दै थिए त कोही धिमेय्, भुस्याः लगायतका परम्परागत बाजा बजाउँदै थिए […]

डिम्याट खाता अब घरबाटै खोल्न सकिने

काठमाडौं । नेपालमा सबैभन्दा धेरै सेयर कारोबार गर्ने सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ। सेमी लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ। ‘केवाइसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै […]

‍अनुमान विपरित नेपालमा पस्यो सलह, अझै अर्को ठूलो झुण्ड आउन सक्ने

काठमाडाैं । कृषिका लागि निकै चुनाैतिपूर्ण मानिएकाे सलह नेपालमा भित्रिएकाे छ । प्रदेश २ र ५ का तराईका विभिन्न जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । यसअघि सरकारले गठन गरेकाे अध्ययन कार्यदलले भने यस वर्ष सलह नेपालमा नअाउने बताएकाे थियाे […]

सरकारको भ्याकेटको खारेज गर्दै कर सम्बन्धि सर्वोच्चले गर्यो पुरानै आदेश सदर

काठमाडौं, १ असार । सर्वोच्च अदालतले सरकारकाे भ्याकेट खारेज गरेकाे छ । लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सरकारकाे सर्वाेच्चकाे आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट)लाइ सर्वोच्चले खारेज गरिदिएको हाे । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग […]

कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ । कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र […]

अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने

काठमाडौं, ३२ जेठ । असार १ अर्थात् भोलिदेखि बैंक तथा वित्तीय क्षेत्र लकडाउनअगाडिकै अवस्थामा खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै साबिककै अवस्थामा कार्यालय सञ्चालन गर्न भनेको हो। सेवाग्राहीको चाप मूल्याङ्कन गरी बढी भीडभाड हुने स्थानहरुमा आवश्यकताअनुसार सिफ्टअनुसार काम गर्न भनेको हो। त्यसको लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान […]

जेठमा कर नतिरे जरिवाना लगाउने निर्णयबाट पछि हट्यो सरकार असार ७ गतेसम्म समय थप

काठमाडौं, २१ जेठ । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएकाे थियाे […]

हेर्नुहोस् आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका […]

कोरोना प्रभावितलाई ऋणमा सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई कम ब्याजदरमा ऋण दिने भएको छ । उनीहरुलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने सरकारको तयारी छ । बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा […]