युक्रेनको लिसिचान्स्क शहरमा भीषण संघर्ष जारी

असार १९,काठमाडौं । युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेको छ । सोही शहर आफ्नो नियन्त्रणमा रहेको दावी दुवै देशले गरिरहेका छन् । रुसी सेनाले त्यहाँ भीषण गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा लागेको छ । पछिल्लो समय रुसले युक्रेनको भूमि कब्जामा लिने क्रममा जताततै आफ्नो देशको […]

भारतीय सञ्चार अल्टन्युजका सह-संस्थापक मोहम्मद जुबैर पक्राउ

दिल्ली प्रहरीको इकाईले सोमबार भारती सञ्चार अल्टन्युजका सह-संस्थापक मोहम्मद जुबैरलाई पक्राउ गरेको छ। एक व्यक्तिको उजुरीको आधारमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो। दिल्लीअदालतले मंगलबार मोहम्मद जुबैरलाई चार दिनको प्रहरी हिरासतमा पठाएको छ। सञ्चार संगठनहरूको सञ्जालकाअनुसार उनीविरुद्ध हिन्दूहरूको धार्मिक आस्थालाई अपमान गरेको आरोप लगाइएको छ । यस महिनाको सुरुमा, आईपीसीको धारा १५३ -ए (विभिन्न समूहहरू […]

दक्षिणी चीनको ग्वाङ्सी प्रान्तमा बाढी पहिरोबाट ३७ लाख बढी मानिस प्रभावित

असार १२, काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा छ पटक भारी वर्षाको अनुभव गरेको छ । त्यहाँ औसत वर्षा ४९० दशमलव ८ मिलिमिटर रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही […]

नर्वेमा भएको गोलीकाण्डलाई आतंकवादी हमलाको रुपमा ब्याख्या

काठमाडौं ।नर्वेको एक नाइटक्लबमा भएको गोलीकाण्डलाई आतंकवादी हमलाको रुपमा ब्याख्या गरिएको छ । नर्वेको ओस्लोस्थित एक लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको ज्याज पवमा ४२ वर्षिय एक पुरुषले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरेलले गोली प्रहार गर्ने ब्यक्तिमाथि गत मे महिनामै सोधपुछ गरिएको […]

जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै

असार १२, काठमाडौं । विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आज आइतबारदेखि जर्मनीमा सुरू हुँदैछ । चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु प्रत्यक्ष छलफलमा जुट्न लागेका हुन । रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ । […]

सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु

सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ । स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् […]

श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा

कोलम्बो –श्रीीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा […]

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार

सीउल । उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो। उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको […]

श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति

काठमाडौँ । श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ । श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने […]