कोरोनाबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन

ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। गोदावरी नगरपालिका ९, छम्पी घर भएका विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । यी लक्षणहरु देखिएपछि उनलाई उपचारका लागि असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको […]

केही दिनको युद्धपति अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्झौता

अर्मेनिया र अजरबैजानबिच सीमा क्षेत्रको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौता अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति भएको छ । गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि […]

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २०५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म भाइरसबाट संक्रमित भएकाहरुको संख्या १ लाख ६ सय ७६ जना पुगेको जनाएको छ । संक्रमित भएका मध्ये ६०० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको । एक […]

धरहराको निर्माण अवधि ९ महिना थपियो

काठमाडौँ । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो। त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको […]

अफगानिस्तानमा तालिबानीद्धारा ६ प्रहरीको हत्या, १५ जना अपहरित

काबुल । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ। अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु […]

स्वास्थ्य संरचनाका ‘कमजोर भएका कारण कोरोनाबाट १० लाख मानिसको ज्यान गएको राष्ट्रसंघका महासचिवको दावी

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन्। । महासचिव गुटर्रेसले भनेका छन्, ‘कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो।’ […]

श्रीमानको कुटाइबाट घाइते श्रीमतीको मृत्यु

खोटाङ । खोटाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। पतिको कुटपिटबाट गम्भीर घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घरायसी विवादमा पति डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो (ढुङ्गा) ले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका […]

लिबियामा सात भारतीय नागरिकको अपहरण

लिबियामा सात जना भारतीय नागरिक अपहरणमा परेका छन्। लिबियाको एक कन्स्ट्रक्शन तथा तेल प्रशोधन केन्द्रमा कार्यरत सात जना भारतीयको अपहरण भएको हो। भारत फर्कनका लागि विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका हुन्। अपहरणकारीको पहिचान नखुलेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। भारत सरकारले आफ्ना नागिरकको रिहाइका लागि लिबियाली सरकारलाई आग्रह गरेको जनाएको छ। भारतीय विदेश […]

पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो । आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य […]

६६ प्रतिशतलाई लघुवित्तको कर्जा तिर्न समस्या

काठमाडौं, २३ असोज । एक अध्ययनले ६६ प्रतिशत ग्राहकलाई लघुवित्तको कर्जा तिर्न समस्या भएको तथ्यांक सार्वजनिक गरेको छ । सेन्ट्रल फर माइक्रोफाइनान्स नेपाल (सिएमएफ)ले सञ्चालनमा रहेका ८४ वटामध्ये २५ प्रतिशत (२१ वटा संस्था) मा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सिएमएफका अनुसार २२ प्रतिशतलाई कर्जा तिर्न आंशिक समस्या रहेको र करिब १२ प्रतिशतलाई समस्या नै […]