सिमकोट गाउँपालिकामा करीब पाँच हजार बेरोजगारको तथ्याङ्क

हुम्ला । सिमकोट गाउँपालिकामा मात्रै पछिल्लो तथ्याङ्क अनुसार करीब पाँच हजारको बेरोजार संख्या देखिएको छ । यसबाट विभिन्न सूचकहरूमा असर पार्ने देखिन्छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बेरोजागर हटाउनका लागि विभिन्न प्रकारका नीतिगत कार्यक्रमहरू ल्याए पनि दिनहुँ नेपालमा बेरोजागरीको समस्या विकराल बन्दै गएको छ । सिमकोट गापाले ४ हजार ७ सय ६५ जना युवाहरू बेरोजगार […]

मालपोत कार्यालय हुम्लामा तीस लाख राजस्व संकलन

हुम्ला । मालपोत कार्यालय हुम्लाले आ.व. २०७६/०७७मा तीस लाखभन्दा धेरै राजस्व संकलन गरेको छ । हुम्लामा रावस्व संकलन गर्ने कार्यालयहरूमध्ये मालपोत कार्यालय एक प्रमुख कार्यालय हो । कोभिड१९ का कारण वैशाख महिनाभर कार्यालय बन्द हुँदा यो कार्यालयले कुनै पनि प्रकारको राजस्व संकलन गर्न सकेन । बाँकी ११ महिनामा विभिन्न प्रकारका राजस्वहरू सकलन गरेको छ । […]

खतराको सूचीमा औषधीय गुण भएका कालो रङका अन्नबालीहरु

हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिनप्रति दिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ मानिन्छ । हुम्ला जिल्लाको एक अध्ययन अनुसार यहाँ उत्पादन हुने कालो रङ भएका बालीनालीहरु के कसरी कुन कारणले हो दिनप्रति […]

स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल

हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ । असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक […]

जनता आवासका लागि पहिलो किस्तामा सवा दुई करोडभन्दा धेरै भुक्तानी

हुम्ला । सबैलाई वर्ग, क्षेत्र र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि कर्नाली प्रदेश सरकारबाट आ.व. २०७६÷०७७ का लागि हुम्लामा पहिलो किस्तामा दुई करोड ३० लाख ५५ हजार भुक्तानी भएको छ । पूरै घर निर्माणका लागि जनश्रमदान छोडेर प्रदेश सरकारबाट प्रति घर बनाउनका लागि चार लाख रकम चार किस्तामा प्राप्त हुने प्रावधान जनता आवास सम्बन्धी […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

राजधानीमा कोरोना धेरै फैलिन थालेपछि रोकियो ‘नाडा अटो शो’

काठमाडौँ । काेराेनाका कारण दुई दशकदेखि हुँदै आएको ‘नाडा अटो शो’ रोकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीका कारण पहिलो पटक नाडा अटो शो रोकिएको जानकारी दिए। उनले दसैँ–तिहारअघि अटो शो हुने सम्भावना नरहेको बताए। उनले भने, ‘नाडाको इतिहासमा नै पहिलो पटक अटो शो रोकिएको हो। कोभिड–१९ ले सबै क्षेत्रमा प्रभावित परेको […]

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले मूल्यसमायोजन मात्र गरेको निगमको जिकिर छ । […]

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अस्वभाविक रकमसहित नागढुंगाबाट पक्राउ

घोराही, १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडाैमा पक्राउ परेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले समातेकाे हाे । उनलाइ अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ठूलाे रकमसहित पक्राउ गरेकाे जनाएकाे छ ।  उपाध्यायकाे साथबाट १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट […]

नक्कली सुन काण्डमा तानिए दरवारमार्गका डिएसपी, जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरीसामु १५ केजी ‘सुन’को झोला फ्याँकेर स्कर्पियो उम्किएको घटनामा दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्। दाहाललाई प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ। दिनदहाडै स्कर्पियो उम्किएपछि डीएसपी दाहालको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। दरबारमार्ग वृतले वास्तविक घटनास्थल लुकाएको आरोप पनि लागेको छ। प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल […]