शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली […]

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दोश्रो बैठक सुरु

काठमाडौँ, २२ फागुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा सुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा सुरु भएको हो । कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा […]

विप्लवका जिल्ला सदस्य हतियार सहित पक्राउ

भोजपुर, २२ फागुन । ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो । बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । उनको साथबाट बम बनाउन प्रयोग गरिने […]

राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो

भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको […]

कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]

चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व- पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक […]

कपिलवस्तुमा सडक निर्माणमा प्रयोगमा आएका ६ गाडीमा आगजनी

ठमाडौं, २२ फागुन । कपिलवस्तुमा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा सो आगजनी भएको हो । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा […]

कोरोनाभाइरस त्रास: भारतले निर्यातमा नियन्त्रण गर्ने संसारभरि औषधि अभाव हुने त्रास

औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव […]

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए। ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, […]

संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन […]