छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

काठमाडौं । शैक्षिक क्षेत्रमाथि हुने अन्याय, अत्याचार र ठगी विरुद्धको हाम्रो अभियान जारी छ । शैक्षिक क्षेत्रमा हुने अपराधका घट्नालाई हामीले निरन्तर पस्किरहेका छौ । लामो समयको निरन्तर अध्ययनपछि प्राप्त तथ्याङ्क र प्रमाणको आधारसहित अबको केही अंकमा हामी राजधानीमा रहेको एक शैक्षिक संस्था र त्यहाँभित्र भइरहेका शैक्षिक हिंसा र अनैतिक गतिविधिको चर्चा गर्नेछौ । राजधानीमा […]

लोकसेवा तयारी गर्नेहरु केहि समसामयिक वस्तुगत प्रश्नोत्तर

काठमाडौँ, १५ माघ । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर सबैले निकै मेहेनत गरिरहेका हुन्छन ।लोकसेवा तयारी गर्नेहरु ले केहि यि वस्तुगत प्रश्नोत्तर पढ्नुहोस । १. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम […]

भूकम्प प्रभावित मनमैजु माविले पायो पुनर्निर्मित नयाँ भवन

काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनर्निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री मानन्धरले सरकारले […]

विद्यालय पुनर्निर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग, नयाँ भवनले बिर्सायो भूकम्प

गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड। ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै […]

बालविकास शिक्षकको योग्यता माध्यमिक तह अनिवार्य

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रमा पठनपाठन गराउने शिक्षक एवं सहजकर्ताको शैक्षिक योग्यतामा माध्यमिक तह अनिवार्य गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अबदेखि जो–कोहीले प्रारम्भिक बालकक्षामा पढाउने पाउने छैनन्। बाल विकासका शिक्षक वा सहजकर्ताको शैक्षिक योग्यता कम्तीमा माध्यमिक तहको कक्षा १० उत्तीर्ण हुनुपर्ने अनिवार्यता गरेको छ। […]

०६५ देखि ७१ सम्म प्लस टु पास नगरेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने

काठमाडौं । वर्षौ पहिले प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने भएका छन् । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने भएका हुन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुले अन्तिम पटक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको […]

साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग

काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा सचिव महेश दहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै साविकको उमावि तह अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरवन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी […]

भाषा, कला र साहित्यको महत्व दर्शाउन ‘साहित्य उत्सव’

इटहरी, ८ माघ । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो । यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा विद्यालय शिक्षा र साहित्य, कविता वाचन, अन्तरसंवाद अनि कविता प्रतियोगिता पनि भएको थियो । […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने […]

शिक्षक लाईसेन्सको ५० प्रतिशत कापी परिक्षण सकियो

काठमाडौं, ६ माघ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र लाईसेन्स परीक्षाको कापी परीक्षणको काम ५० प्रतिशत काम सकिएको जनाएको छ । पहिलो चरणमा माध्यमिक तहबाट कापि परीक्षण काम शुरु गरेको आयोगले सबै तहको ५० प्रतिशत उत्तरपुस्तिका परिक्षण कार्य सकिएको उप-सचिव एवम आयोगका सूचना अधिकारी दामोदर आचार्य जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार […]