मुख्यमन्त्री कार्यालयको कारको ठक्करले टेम्पो चालकको मृत्यु

लहान, १ फागुन । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो

काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ । वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका […]

आठ कारण देखाउँदै सभामुखले फिर्ता पठाए सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात

काठमाडौं, १८ माघ । संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले यस सन्दर्भका लागि सरकारले पठाएका सबै कागजात फिर्ता गर्दै त्यसरी फिर्ता पठाउनुका ८ कारण समेत दिएका छन् । सभामुखको पत्रमा कानुनका सबै दफाहरु उल्लेख समेत गरिएको […]

लोकसेवाले ठूलो संख्यामा सुब्बामा जागिर खुलायो

काठमाडौं, २९ पुस । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । कूल ८४३ संख्या मध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने लोकसेवाले जनाएको छ । आयोगले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको छ । […]

डेढ महिनासम्म नियन्त्रणमा आएन थानचोक वनमा लागेको आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ बाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति […]

ओली जी ! हजार चोटी संविधान पढ्नुस तपाईलाई संसद विघटन गर्ने अधिकार कतै लेखेको छैन

मेरो गुरु हुनुहुन्छ, भुवन ढुंगाना । उहाँले आफ्नो पुस्तक परित्यक्तामा लोग्ने मान्छे, स्वास्नी मान्छे, त्यसपछि मान्छेहरु खोज्नु भएको छ, त्यसपछिका विचारहरु खोज्नु भएको छ । पुस्तकको निचोड छ, मान्छेले देहले आत्महत्या गर्ने होइन, विचारको हत्या गर्छ । त्यसकारण अहिलको प्रश्न आत्महत्या गर्ने कि नगर्ने भन्ने हो । यो भनेको विचारलाई सक्ने कि नसक्ने भनेको हो […]

मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता

बिराटनगर, १२ पुस । बागमती प्रदेशपछि प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रदेश सरकारमा समस्या परेको छ । यसैक्रममा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपाबाट निर्वाचित भएका प्रदेश १ का ३७ सांसदहरुले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता […]

अधिकांश प्रचण्डकै मान्छेहरु थपेर मन्त्रीपरिषद पुनर्गठन गरे ओलीले

काठमाडौं, १० पुस । संघीय प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद विघटन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रम ओलीले अधिकांश प्रचण्डका मान्छेहरुलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहका पाँच नेतालाई मन्त्री बनाउन लागेका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी […]

प्रधानन्यायाधिशले नै रिटहरु संवैधानिक इजलासमा पठाएपछि अब संसद ब्यूतने सम्भावना बढेको चर्चा

  काठमाडौँ। पार्टीभित्रको विवादका कारण सत्तारुढ दल यतिबेला दुई टुक्रामा विभाजन भएको छ । प्रधानमन्त्रीले अकस्मात संसद नै विघटन गरेपछि सत्तारुढ दल अनौपचारिक रुपमा विभाजित भएको हो । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनस्र्थापित हुन्छ कि हुँदैन भन्ने बारे यतिबेला सबैतिर चर्चा छ । प्रधानमन्त्री ओली र उनको टिमले संसद कुनै हालतमा संसद नब्यूतने दावी […]

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय

काठमाडौँ, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । आज बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री […]