सडकमा लाइभ दिँदै गरेका सीएनएनका तीन पत्रकारलाइ लगाइयो हतकडी

एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला पक्राउ गरेर केही बेरपछि रिहा गरेको छ । जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हतकडी […]

ट्रम्पले फेरि गरे अर्को विवादित निर्णय, विश्व स्वास्थ्य संगठनसँग सबै नाता तोडेको घोषणा

काठमाडौं, १७ जेठ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को विवादित घोषणा गरेका छन । उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका हुन् । ट्रम्प पछिल्लो समय डब्ल्यूएचओसँग निकै आक्रोशित बनेको देखिएको छ । उनले शुक्रबारको पत्रकार सम्मेलनमा डब्लूएचओमाथि आरोपको वर्षा नै […]

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, १५ जेठ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना […]

संक्रमित बढ्न थालेपछि चिलेको स्वास्थ्य सेवा ‘थेग्नै नसक्ने’ अवस्थामा

एजेन्सी । दक्षिण अमेरिकी देश चिलेमा कोरोना भाइरसको महामारीका कारण त्यहाँको स्वास्थ्य सेवा थेग्नै नसक्ने गरी दबाबमा आएको छ । चिलेका राष्ट्रपति सेबास्टियन पिनेराका अनुसार अबको केही दिनभित्रै देशको स्वास्थ्य सेवाले आफ्नो सीमा पार गर्ने बताएका छन् । राष्ट्रपति पिनेराले आइतबार भनेका छन्, ‘हामीलाई यो तथ्य थाहा छ कि हाम्रो स्वास्थ्य सेवा थेग्नै नसक्ने खालको […]

सिक्किमको हिमाली क्षेत्रमा चीन र भारतीय सैनिकबीच झडप

काठमाडौं, २७ बैशाख । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ।। उनीहरुलाई सामान्य चोट लागेको […]

कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु ब्राजिलमा

काठमाडौं, २५ बैशाख । ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो। जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय […]

कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएकाे अमेरिकी सेना प्रमुखकाे भनाइ

काठमाडौं, २४ बैशाख । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्। अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्। ‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको […]

स्पीड बोटमा देशमा घुसपैठ गर्न खोज्ने ८ जना मारिएको भेनेजुएलाको दाबी

एजेन्सी । भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ। तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्। राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्। सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू […]

भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]