यही फागुन २, ३ र ४ गते भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै

भक्तपुर १ फागुन । भक्तपुरको कमलविनायकस्थित लामगाल चउरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनमीमा विभिन्न विधाका ३ लाख बढी पुस्तकहरु उपलब्ध हुने आयोजक आरम्भ नेपालले जनाएको छ । आरम्भ नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीकोबारेमा जानकारी दिएको हो । भक्तपुर जिल्ला र वरीपरीका जिल्लाहरुमा […]

नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

२८ माघ, अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको […]

अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ: शिक्षामन्त्री

सर्लाही, २६ माघ । शिक्षामन्त्री पोखरेलले अहिलेको समयमा शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले भने वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन । शिक्षामन्त्री पोखरेलले परिवर्तित सन्दर्भमा व्यवहारिक र सीपमूलक शिक्षा जरुरी रहेकोमा जोड दिए । १२ कक्षा […]

कोरोना भाइरसको संक्रमणबाट, अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन विद्यालयलाई अनुरोध

काठमाडौं, २६ माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालयलाई पत्राचार गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पत्राचार गर्दै आफ्नो विद्यालय र समुदायमा नोबेल कोरोना भाइरस’ अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन अनुरोध गरेको छ । केन्द्रले यस’ आधिकारीक […]

चीनले यस्तो बनाउँदैछ दरवार हाइस्कूल, राष्ट्रपति भण्डारी चकित

काठमाडौं, २५ २०७६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको छ । वि।सं। २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको […]

पद्मकन्याका विद्यार्थीले बनाए ट्राफिक जाम नै नहुने सडक !

काठमाडौं । शुक्रवार अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः  तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा  बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा […]

अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहित ले उक्त प्रदर्शनी उद्घाटन गरेका हुन । बुधवार शुरु भएको प्रदर्शनी शुक्रवार सम्म सञ्चालन हुने र प्रवेश […]

पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

भक्तपुर, २१ माघ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा भने रोक लगाएको छ ।केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो । केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको […]

विभिन्न बहानामा विद्यालय कर्मचारीलाई सेवाबाट नहटाउन शिक्षक महासंघको माग

काठमाडौं, २० माघ । नेपाल शिक्षक महासंघले विभिन्न बहानामा विद्यालय कर्मचारीहरुलाई सेवाबाट हटाउने काम बन्द गर्न माग गरेको छ । देशका विभिन्न स्थानमा विद्यालयहरु गाभ्ने तथा बन्द गर्ने प्रक्रिया अन्तर्गत तथा अन्य विभिन्न कारणहरु देखाउदै सेवारत विद्यालय कर्मचारीलाई जवर्जस्ती सेवाबाट वाहिर पठाइएका घट्नाहरु सार्वजनिक हुन थालेका प्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]

माटोको हित चिताएर काम गरौं

काठमाडौं २० माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त भएका छन ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त भएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गरेका थिए । शाखा अधिकृतबाट सेवा शुरू गरेका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड भएका छन । सरकारले […]