भारतमा वैशाख २१ सम्म लम्ब्याइयो लकडाउन

काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ।  भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन […]

कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण

एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ। […]

रुससँग सीमा जोडिएको चीनको सहरमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो

एजेन्सी । देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ। रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित […]

अमेरिकी नौसैनिक जहाजमा ५८५ संनिक कोरोना संक्रमित भेटिए, एक सैनिकको मृत्यु

काठमाडाैं, २ वैशाख । एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्। आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो। ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो। ‘युद्ध, शान्ति […]

देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता […]

काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको आशंका, सबै अस्पताल भर्ना

काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई […]

काठमाडौँमै देखियाे काेराेना

काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ पाइएकाे हो । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले उनीहरु ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका छन् । चैत्र ५ गते […]

युवा नेता थापाले दिए सर्लाहीका ७ नगरपालिकालाई करिब ३ हजार किलो चामल

सर्लाही । नाेभल कोरोना भाइरस(कोभिड १९) को राेकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दी(लकडाउन) का कारण दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई स्थानीयले स्वस्फूर्त सहयाेग गरिरहेका छन् । यसैक्रममा सर्लाहीका ७ नगरपालिकाका लागि एक ३५ वर्षिय युवकले करिब ३ हजार किलो चामल सहयोग गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ का स्थानिय युवा राजु थापाले […]

फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको […]

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षकै पारिश्रमिक नलिने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् । नेकपा प्रचार बिभाग प्रमुख समेत […]