रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमणपृष्टि, संक्रमित ३०४ पुगे

काठमाडौं । सोमवार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ।सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ […]

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस

काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए । देशका विभिन्न स्थानमा कोरोना […]

कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।  बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो । उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ […]

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या […]

यसरी गरिन्छ कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि

काठमाडौँ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ । कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, महामारी नयाँ चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी नयाँ चरणमा प्रवेश गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य […]

सेनाका मध्यपूर्वी पृतनापति उपरथी नै कोरोना संक्रमित

काठमाडौं, ३ जेठ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । तर, उनकाे अवस्थाका बारेमा अाधिकारिक जानकारी भने दिइएकाे छैन । स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तिनै व्यक्ति नेपाली सेनाका मध्यपृतनाका प्रमुख भएकाे थाहा भएकाे छ । मन्त्रालयले […]