सांसदको तलबभत्ता अबदेखि सरकारी बैंकबाट खातामै जम्मा हुने

काठमाडौँ । अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् […]

देउवाको पक्षमा १६५, विपक्षमा ८३

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको […]

आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तको बैठकले निर्वाचन कार्यतालिका खारेज गरेको हो । पूर्ववर्ती केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कात्तिक २६ गते शुक्रबार र माघ ५ गते शुक्रबार प्रतिनिधिसभाको निर्वाचन गर्ने […]

बने देउवा पाँचौँ पटक प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]

सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]

निषेधाज्ञा खुकुलो, उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म […]

नेपालमा पनि भेटियो कोरोनाको अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट

काठमाडौं, ७ असार। कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको […]

लमजुङको दोर्दी खोलामा ठूलो बाढी, जलविद्युत आयोजनामा ठूलो क्षति, २ घर बगे

लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ । दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी आएपछि आफूहरु क्याम्पबाट भागेर ज्यान जोगाएको पनि बताए । बाढीले धेरै विद्युतका पोलहरु ढाल्नुका साथै अन्य भौतिक संरचनामा पनि ठूलो […]

जसपा फुटाएर ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, आफ्ना ९ मन्त्रीलाई विदा दिएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ । ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना […]

उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने, निषेधाज्ञा भने एक साता थप हुने

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्। आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ। खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई बताए। ‘निषेधाज्ञाको विषयमा आज […]