नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

काठमाडौं, २७ फागुन । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो । प्रअ अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक […]

अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो । यता, शिक्षा मन्त्रालयले […]

स्वयंसेवक शिक्षकमा १२ हजार बढीको आवेदन, सर्टिफिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता

काठमाडौं २५ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक वर्षका लागि एक हजार पाँच सय स्वयंसेवक शिक्षकको माग गर्दै आवेदन खुल्ला गरेकोमा १२ हजारभन्दा बढीले अनलाईन आवेदन फाराम भरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं […]

किन कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानीहरु

२५ फागुन । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले […]

अस्ट्रेलिया पढ्न गएका २० वर्षिय नेपालीमा कोरोनाको संक्रमण

काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]

काठमाडौँकै एक स्कूलमा नम्बर कम ल्याएको भनेर ब्लेडले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका

काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेड (पत्ति)ले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडौँको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी […]

साताव्यापी कारखाना मेला स्थगित

काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको  अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो । मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन […]

धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

कैलाली ।  धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को […]

विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । मन्त्रालयले भनेको […]

विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

२३ फागुन । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी […]