निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट […]

लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन

कास्की । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो । गत आवमा रु […]

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

सुर्खेत । प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको […]

२ खर्ब ९३ अर्बले चालू खाता घाटामा- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा […]

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण दिने

काठमाडौँ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई रु. १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ । कोरोनाबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । आइतबार अर्थमन्त्रालयमा सरकारका […]

कोरोनाकालमा पनि कर बढाएका क्षेत्रहरु

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै सरकारले चुरोट, सुर्ती र मदिराजन्य वस्तुको कर बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले ती वस्तुको कर बढाए पनि मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेका छन्। उनका अनुसार भन्सार महसूलका दरहरूमा सामान्य समायोजन गरिएको छ भने बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ। बजेट […]

बजेटमाथि डा. भट्टराईको प्रतिक्रियाः नहुने चुनावको एमाले घोषणापत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्। पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै […]

कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि वजेटमा दिइएका छुट

काठमाडौं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने जनाएको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]

वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको […]