काठमाडौँ महानगरपालिकाले सुरु गर्यो आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा

  काठमाडौं, २८ जेठ। काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउन (बन्दाबन्दी)का बेला पनि बैकल्पिक माध्यमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ.एम. मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो […]

डब्लुएचओ भन्यो कोरोना महामारी सुरुवाती चरणमा छ, अझै भयानक बन्दैछ

काठमाडाैं । विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर […]

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए । तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् । […]

एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए। ‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट […]

२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको सं‌ख्या पुग्यो ३४४८

काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]

न्यूरोडका पार्किङ्ग स्थान भरिए, पार्किङ अभाव भएर बाटोमै पार्किंङ

जेष्ठ काठमाडौँ, २५  जेठ ।  सरकारले गरेको लकडाडाउनकाे ७६ औ दिनपछि उपत्यकामा आइतबार सडकमा सवारीसाधनको संख्या एकाएक बाक्लिएकाे छ । लकडाउन खुकुलाे हुने हल्लासँगै सडकमा सवारी साधनकाे अावागमन बढेकाे हाे ।  सरकारले औषधी तथा रासन सामग्री ओसारपसार गर्ने लगायतका सवारीलाई मात्र अनुमति दिएको भए तापनि अधिकांश व्यक्तिहरु निजी सवारी साधन लिएर निस्कने गरेकाले सवारी चाप […]

नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे १३

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका […]

मलामी खोज्दै गाउँमा प्रहरी, स्थानीय त्रासमा

कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे । मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि […]

कोरोनाले थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका हुन् । यो […]

थप ३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौँ ।  नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए । संक्रमित […]