अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड

वीरगञ्ज, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकि छन । आजदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन । राष्ट्रपति […]

सहकार्य र साझेदारीमा जोड

पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि […]

मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर […]

लालीखर्कमा ‘होमस्टे’सञ्चालन,पर्यटक बढ्ने विश्वास

मिक्लाजुङ, ११ असोज । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गरिन् । उनले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताईन् । पर्यटन […]

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास होमस्टे सम्मानित भएका हुन् । सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ […]

पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै […]

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

भीमदत्तनगर, १० असोज । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा […]

पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह

भद्रपुर, १० असोज । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय […]

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ

सुर्खेत, १० असोज । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताए । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक […]

चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान

कास्की, १० असोज । समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा गर्न […]