नेपालमा पनि कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर […]

मोदीले भने यसै वर्ष नेपाल भ्रमणमा आउँछु

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन्। मंगलबार विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्स्फ्रेन्समार्फत गरिएको उद्‍घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको लागि दिएको निम्तोलाई मोदीले स्वीकार गरेका हुन्। नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल आएका छैनन् भने नेपालमा पनि केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका […]

अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो […]

एभरेस्ट पानोर रिसोर्टमा ८ भारतीय पर्यटक बेहोस भेटिए

काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको […]

युएईमा बस दुर्घटना ३ नेपालीको मृत्यु, १४ घाइते (नामावली सहित)

आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना […]

हिमपात र वर्षाका कारण पाकिस्तानमा कम्तीमा ८० जनाको मृत्यु

एजेन्सि, २९ पुस । पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ। त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन […]

सामूहिक बलात्कारका चार दोषीलाइ ७ दिनपछि झुण्ड्याइदै, मृत्युदण्डअघि परिवारलाइ भेटन दिइने

काठमाडौँ । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् । टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् […]

इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले

एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]

धमाधम कतारबाट नेपाल फर्कदै कामदार

काठमाडौं, २७ पुस । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए […]

दुबईको विमानस्थल पूरै जलमग्न

दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]