यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री

जनकपुर ।  जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।  सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए । […]

दक्षिण कोरियामा लाखौ मानिसहरु विश्वशान्तिको कामना गर्दै उर्लिए

इन्चोन, २ असोज । कोरियन प्रायदिपमा शान्तिको आशा छर्दै दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखले उत्तरकोरियाको राजधानी प्योङयाङमा हात मिलाइरह दक्षिण कोरियाको इन्चोन सहरमा विश्व शान्तिको घोषणा गर्दै लाखौ मानिसहरु जम्मा भएका छन् । दुई लाखभन्दा बढी मानिसहरुले कोरियन प्रायदिपका बीच शान्तिपूर्ण एकिकरण, विश्व शान्तिको घोषणा र युद्धको अन्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् । […]

निर्मलाका आमाबाबुले बल्लतल्ल प्रधानमन्त्रीलाई भेटे, के भयो कुराकानी ?

काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लगभग दुई महिनापछि आमाबाबुले हत्याराको कारबाहीको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।  सोमबार निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज अधिकारकर्मीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले भेटमा घटनाको पूरा विवरण प्रधानमन्त्रीलाई सुनाए । आफूहरु कञ्चनपुरमा रहँदा न्याय नपाएको भन्दै काठमाडौं […]

चीन भ्रमणमा हिडेका प्रचण्ड बीच बाटोबाटै काठमाडौं फर्किदै, यस्तो छ कारण

काठमाडौं ।  चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन् स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर […]

ओली सरकारको ज्यादतीबिरुद्ध भोली उदयपुर बन्द, इन्चार्ज-सेक्रेटरीले गरे यस्तो आव्हान (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् । सम्पूर्ण […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध तथा न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।  निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्।  ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार […]

ओली र प्रचण्डबीच कसले फाटो पार्न खोज्यो ? यसो भन्छन् ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने […]

मन्त्रीहरुको परीक्षा लिदैं प्रधानमन्त्री

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’ बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको पहिलो […]

सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । […]

नेकपाले बोलायो सचिवालय बैठक, के-के विषयमा हुदैछ छलफल ?

काठमाडौं ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यक्रम छ । बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले […]