कांग्रेस महासमितिको निर्णयपछि झस्किएका प्रधानमन्त्री प्रचण्ड नयाँ सत्त्ता गठबन्धन गर्दै

काठमाडौँ, २१ फागुन । सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण गरेका छन् । गठबन्धन नगर्ने कांग्रेस महासमितिको निर्णयले झस्किएका प्रधानमन्त्रीले कांग्रेस संगको गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतसंग सत्ता साझेदारी गर्न लागेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बसी मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता […]

यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले जनाएका छन् लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य […]

शाहबाज पाकिस्तानको २४ औं प्रधानमन्त्री

पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् । प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे । […]

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुसँग सभापति देउवाको छलफल

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए। मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ […]

एमाले अध्यक्ष ओली आइतबार राति पनि पुगे प्रधानमन्त्री निवास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राति पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनी बालुवाटार पुगेका हुन् । पार्टी महासचिव शंकर पोखरेलका साथमा अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीबीच आइतवार बिहान पनि छलफल भएको थियो । भेटमा संक्रमणकालनी […]

देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्रीको खुलासा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाजका प्रतिनिधि संग कुरा गर्दै उनले सोकुरा बताएका हुन् ।                                        […]

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

visit bharatpur

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]

ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी

मालपोत कार्यालय पर्साका ४ कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गरेको मुद्दा खेपिरहेका उनीहरु दोषी ठहर भएका हुन् । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन् । उनीहरु संगै वीरगञ्ज महानगरपालिका-२ का ज्याउल […]

राज्यलाई क्षति पुर्याउने व्यक्तिबाट क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, १७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए […]

दु:ख त पसिनासंगै बगेर जाने रहेछ

भक्ती रिजाल, सर्लाही । हरिपुर नगरपालिका वडा नम्बर १ जानकीनगर थातथलो भएका भुवन भट्टराईको दुध डेरीको पसल हरिवन बजारमा छ । झट्ट हेर्दा र सुन्दा भुवनको दैनिकीमा दु:ख देखिन्छ तर त्यो दु:ख लोभलाग्दो छ । हरेक दिन बिहान चार बजे उठेपछि भुवनको कर्म सुरु हुन्छ र त्यो संगै शुरु हुन्छ उनका सपना र बिपनाबीचको तादम्यता […]