सम्पत्ति सुद्धिकरण के हो ? कस्तो सम्पत्ति अबैध हुन्छ ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा […]

गुर्जा हिमालमा आएको हिमआँधीमा परी ९ जनाको मृत्यु, ८ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ। साँझ ५ बजेर १५ मिनेट जाँदा शव काठमाडौँको महाराजगञ्जको शिक्षण अस्पतालमा ल्याइएको सिम्रिक एयरकातर्फबाट सुरज सुवेदीले जानकारी दिए। शवलाई पोखराबाट सिम्रिक एयरको दुई वटा हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। एक जनाको शव म्याग्दीमा नै बुझाइएको छ। प्रहरीका अनुसार असोज २४ […]

चुरे दाेहनमा मस्त स्थानीय निकाय

धनगढी, २४ असाेज । चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो। स्थानीयका अनुसार गाउँपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट समेत व्यापक मात्रामा ढुंगा संकलन भइरहेको छ । ढुंगा […]

स्वथ्यकर मासुमा उपभोक्ता अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर संग सहकार्य गर्न आग्रह

   असोज २३, काठमाडौँ । मासु तथा मासुजन्य ब्यबसाय आवद्द ब्यबसायीले जनतामा स्वथ्यकर गुणस्तर मासु उपभोक्ताको अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर पालिकालाई सगयोग र सहकार्य गर्न आग्रह गरेको छ । व्यबसायिक हक,हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै व्यवसायीले महानगरले समेत सम्पूर्ण पक्ष्यको सहभागिता र समन्वय अनिवार्य रहने भन्दै मंगलबार महानगर उप […]

दशैंका लागि आजदेखि नयाँ नोट साट्न सुरु, कति हजारसम्म नोट साट्न पाइन्छ ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । […]

तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान ।  लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु […]

पप्पुका अध्यक्ष रौनियारको सांसद पद निलम्बित

काठमाडौँ, २० असाेज । विशेष अदालतमा अख्तियारले भ्रष्टाचारकाे मुद्दा दायर गरेपछि पप्पु कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनी सङ्घीय समाजवादी फोरम नेपालका […]

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारसहित १२ जनाविरुद्ध अख्तियारले लगायो यस्तो मुद्दा

काठमाडौं, १९ असाेज । धेरै ठूला ठूला अायाेजनाकाे ठेक्का लिएर अलपत्र पार्ने र गुणस्तरहीन निर्माण गर्ने भनेर चिनिएकाे पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित राैनियारसहित १२ जना विरुद्ध मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पुका अध्यक्ष राैनियारसँगै प्राेपराइटर हरिनारायण प्रसाद साह विरुद्ध पनि मुद्दा दायर गरिएकाे छ । पप्पुले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि […]

अमेरिकाको चर्को दवावको अवाज्ञा गर्दै भारतले रुसबाट यस्तो अत्याधुनिक ‘एस–४००’ किन्दै, रुसी राष्ट्रपति पुटिन भारतमा

काठमाडाैं, १९ असाेज । अमेरिकाकाे चर्काे दवावका बाबजुत पनि भारतले रुससँग अत्याधुनिक हतियार खरिद गर्ने भएकाे छ । भारतले रुससँग ‘एस-४००’ खरिद गर्ने चर्चा चलेदेखि नै अमेरिकाले भारतलार्इ चेतावनी समेत दिएकाे थियाे ।  यसैबीच रुसका राष्ट्रपति भ्लादमिर पुटिन भारत पुगेका छन् । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट […]

बैंकिङ कसुर गरेको आरोप लागेपछि पाँच वर्षदेखि फरार किस्ट बैंकका सीर्इओ कमल ज्ञवाली भारतमा गिरफ्तार

काठमाडौं, १९ असोज । बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि फरार तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। साढे १२ करोड रुपैयाँ कर्जा अपचलन गरेको मुद्दामा दोषी ठहर भएका ज्ञवाली दुई वर्षपछि पक्राउ परेका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले दाबी गरेकाे छ। ‘उनलाई महेन्द्रनगरबाट पक्राउ […]