यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण […]

बाढी, पहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँ। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु […]

साना कृषि औजारको बढ्दो प्रयोग : किसानलाई सहज

काठमाडाैं । जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ। मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन्। ‘पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो’, […]

मुस्ताङवाट ल्याइएको च्याङ्ग्रा महँगो

काठमाडौं ।  दसैँको लागि मुस्ताङवाट ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । नेपाल ट्रष्टले ल्याएको च्याङ्ग्रा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । सोमबारदेखि खरीदका लागि ग्राहक आए पनि बुधबार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ । भक्तपुर जिल्लाका मात्रै […]

अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो

काठमाडौँ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै […]

ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न

ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ। शुक्रबार भएको सो सभाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिह्री बाबु महर्जनले रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस ब्यबसाय ब्यबसायिक क्षेत्रमा अभिन्न स्थान ओगटेको बताए । नेपाल रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस महासंघका अध्क्षय लिला बहादुर जिसीले राज्यले क्याटरिंग तथा […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ। शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू […]

अघिल्लो दिन नौ सयले बढेको सुनको मूल्य आज ह्वात्तै झर्यो

काठमाडौं ।   नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।अघिल्लो दिन प्रतितोला नौ सयले बढेर ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ ।

लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

बुटवल, ३ असोज । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको […]