म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो

गलेश्वर, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका […]

पर्यटकीयस्थल बन्दै बागलुङको सहस्रधारा

बागलुङ, २७ असोज । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास […]

सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न मोहरेडाँडामा पाहुना घर

म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन […]

इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग

मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको […]

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

काठमाडौँ, २४ असोज । विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति […]

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दैे

बेझाड, २४ असोज । पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए । “सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक […]

प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती, २४ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो । यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का […]

पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

गलेश्वर, २४ असोज । नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना […]

रसुवामा वेपत्ता भएका पर्यटक खोजी तीव्र

रसुवा, २२ असोज । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो । दुई दिनदेखि नेपाल प्रहरीका […]

पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’, सात पर्यटकको भव्य बिदाइ

भोजपुर, २२ असोज । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन वटाभित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालको हालसम्म ४३ वटा पर्यटकीय क्षेत्रको भ्रमण गरेकामा यो मुन्दुम ट्रेल उत्कृष्ट तीनभित्र परेको प्रतिक्रिया दिएका हुन् । नेपाल सरकारको उत्कृष्ट १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका […]