फ्रान्समा फेरि संक्रमण फैलिएपछि पेरिससहित ८ सहरमा कर्फ्यूको घोषणा

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति […]

डोनाल्ड ट्रम्पका अर्का छोरालाई पनि भयो कोरोना संक्रमण

काठमाडौं, २९ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ। ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक भइसकेको जानकारी दिएकी हुन्। राष्ट्रपति ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण भएको कुरा त यसअघि नै सार्वजनिक भइसकेको छ। अहिले उनीहरू पनि निको […]

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे अस्वीकृत

एजेन्सी । काजखस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजखस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान गर्न भनेका छन् । सांसदहरुले जापरोभलाई निर्वाचित गर्ने क्रममा मतदानका नियमहरु पालना गरेको […]

भारत र चीनबिच सीमा विवादलाई लिएर वार्ता हुँदै

एजेन्सी । भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सो पत्रिकामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो । यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका […]

आफूलाई अब कोरोना संक्रमण नहुने भन्दै ट्रम्पले गरेको भ्रामक ट्वीट ट्वीटरले हाइड गर्‍यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर फेरि पनि भ्रामक ट्वीट गरेका छन्। उनले आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्वीट गरेका हुन् । ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ । कोरोना भाइरसबाट संक्रमित भइ उपचार गराइरहेका ट्रम्पको नेगेटिभ रिपोर्ट आएको जानकारी छैन । तर डाक्टरले […]

लम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त

बोगोटा- कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ। उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो । यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ । […]

केही दिनको युद्धपति अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्झौता

अर्मेनिया र अजरबैजानबिच सीमा क्षेत्रको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौता अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति भएको छ । गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि […]

अफगानिस्तानमा तालिबानीद्धारा ६ प्रहरीको हत्या, १५ जना अपहरित

काबुल । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ। अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु […]

लिबियामा सात भारतीय नागरिकको अपहरण

लिबियामा सात जना भारतीय नागरिक अपहरणमा परेका छन्। लिबियाको एक कन्स्ट्रक्शन तथा तेल प्रशोधन केन्द्रमा कार्यरत सात जना भारतीयको अपहरण भएको हो। भारत फर्कनका लागि विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका हुन्। अपहरणकारीको पहिचान नखुलेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। भारत सरकारले आफ्ना नागिरकको रिहाइका लागि लिबियाली सरकारलाई आग्रह गरेको जनाएको छ। भारतीय विदेश […]

पीडित परिवारलाई भेट्न हिँडेका राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

भारत । भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जान लागेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पीडित परिवारसँग भेट गर्न हाथरसका लागि हिँडेका थिए। तर उनीहरुमाथि नोयडाको ‘एक्सप्रेस वे’मा प्रहरीले बल प्रयोग गरेर उनीहरुको गाडी […]