तरलता अभावको समस्या तत्काल समाधान गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । ‘दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा […]

मदिराको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी

काठमाडौं । विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था […]

प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै […]

अब नेपाल एअलाइन्सकै टिकटमा युरोप, सिड्नी र कोरिया उडन पाइने

काठमाडौ, २५ कार्तिक । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन। नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय अनुपातिक सम्झौता भएपछि निगमले यो सेवा दिन सम्भव भएको हो । सम्झौता अनुसार सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो […]

२४ कम्पनीको साढे ६ अर्ब बढीको आइपिओ आउँदै

काठमाडौं । आइपिओ निष्कासनका लागि २४ वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यसमा १४ वटा जलविद्युत कम्पनी, छ वटा माइक्रोफाइनान्स कम्पनी, दुइटा बीमा कम्पनी र दुइटा अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यी कम्पनीका प्राथमिक सेयर निष्कासन प्रक्रिया विभिन्न चरणमा छ। यी सबै कम्पनीले कुल ५ करोड ९३ लाख ६ हजार ४ कित्ता […]

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा

ककनी, १५ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताएका हुन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भएर मात्र […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य […]

मकवानपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गुप्ता विजयी

मकवानपुर । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ । गुप्ताले एक हजार २४६ मत र उन निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका थिए । सङ्घको ५४÷५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे […]

वेमौसमी वर्षाको बाढीले सवा ८ अर्बको धान नष्ट

काठमाडौं । बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ । ‘ती क्षेत्रफलबाट ३ लाख […]