सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं, ६ जेठ । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै […]

आईपीएल: हैदराबादलाई हराउँदै बेंग्लोरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं, ४ जेठ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । २ […]

असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]

अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]

नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    २८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा  बुधबार  सम्पन्न भएको छ । वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांग ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे […]

बार्साकाे फराकिलाे जित निकाल्दा रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलाेनाले फराकिलाे जित हात पारेकाे छ । वार्साले फराकिलाे जित हात पारिरहँदा अर्काे प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड भने पराजित भएकाे छ ।  गए राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको हाे। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल […]

आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज

काठमाडौं, २५ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे […]

रियल र बार्सिलोना बराबरीमा, मेसी-रोनाल्डोको १-१ गोल

काठमाडौं, २४ बैसाख । रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ। यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो। स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ । रियल मड्रिडले गएको […]

तेस्रो स्थानमा उक्लियो पञ्जाव, राजस्तान रोयल्स पराजित

काठमाडौं, २४ बैसाख । राजस्तान रोयल्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। अंक तालिकाको पुछारमा रहेको राजस्थानलाई हराउने क्रममा आइतबार राति लोकेश राहुलले […]

शैक्षिक छात्रवृत्तिबाट खेलाडी सम्मानित

    बैशाख २३ ,काठमाडौँ / नेपाल एकायन कराते संघले खेकुद्का साथै खेलाडीको हौसला दिने उदेश्यले एक खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । आज एक कार्येक्रमबीच काठमाडौँ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेले यस्तो सौभाग्य पाउन सफल भएकी हुन् । घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही विभिन्न कराते […]