निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको […]

विश्व भेगन र नगरपालिकाबीच साझेदारी

गलकोट, १७ कात्तिक । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याउनका लागि विश्व भेगन अर्गनाइजेसन र बागलुङ नगरपालिकाबीच संस्थागत साझेदारी गरिएको छ । विदेशी पर्यटकको खासै रोजाइमा नपर्ने बागलुङ जिल्लामा नगरपालिकाले विश्व भेगन अर्गनाइजेसनसँग पर्यटक भित्र्याउनका लागि संस्थागत पहल गरेसँगै विदेशी पर्यटक भित्रिन थालेका छन् । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले दुई […]

पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै

पोखरा, १६ कात्तिक । पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १०० […]

पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो

भक्तपुर, १५ कात्तिक । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन […]

पहिलो पटक पशुपतीदेखि फोक्सुन्डोमा बुलेट राईड

   काठमाडौं, १५ कार्तिक । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौको पशुपतीदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ । कर्णालीको पर्यटन प्रवद्र्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका हुन । काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट –याली पुग्ने भएको हो । […]

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ कात्तिक । आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास होमस्टे ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल होसानले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि […]

सय नयाँ गन्तव्यको सूचीमा पर्यो पाँचपोखरी, यसरी पुगिन्छ पाँचपोखरीमा

मेलम्ची, १४ कात्तिक । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ । त्यसैलाई लक्षित गरी सरकारले एक सय ‘नयाँ तथा विकास गरिने गन्तव्य’को सूची तयार पा¥यो । त्यसमै परेको छ, सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्र । समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा रहेको पाँच पोखरी पाँच वटा भिन्नभिन्न […]

‘गन्तव्य मर्दी हिमाल’ अभियान

पोखरा, १४ कात्तिक । पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो । भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश […]

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’

भद्रपुर, १४ कात्तिक । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारत कालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने […]

बागलुङमा विदेशी पर्यटक

बलेवा, १४ कात्तिक । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् । दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो […]