हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । यो आक्रमणमा […]

स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी- स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाlथ मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । यसलाई स्वीडेनमा विषेश अवस्था […]

जर्ज फ्लोइडको हत्या अभियोगका दोषी ठहर पूर्व प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय

बिश्वलाइ नै स्तव्ध गराएको अमेरिकी नागरीक जर्ज फ्लोइडलाइ एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिचेर हत्या गरेको बिषय अहिले पनि रंगभेदमाथि गरिएको अविस्मरणीय चरम अपराधको रुपमा मानिएको छ। सो घटनाका मुख्य अभियुक्त तथा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । विपक्षका वकिलको बहस र साछी तर्फका […]

अमेरिकाले ल्यायो बी३डब्ल्यू योजना, चीनको बीआरआईलाई काउन्टर दिन ल्याइएको चर्चा

काठमाडौं । विश्वका प्रमुख ७ बलिया अर्थतन्त्र भएको मूलुकहरु सम्मिलत जी ७ बैठकमा चीनसँग प्रतिस्पर्धा गर्ने रणनीतिहरु तय भएका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाएका छन्, जस अन्तर्गत जी७ देशहरूले उनीहरूलाई राम्रो पूर्वाधार निर्माण गर्न मद्दत […]

नाथुराम गोड्से अपराधी कि क्रान्तिकारी

शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले […]

संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

काठमाडौँ । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने छन् । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना […]

चीनले अमेरिकालाई भन्योः ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नुजस्तै हो

काठमाडौं ।चीनले अमेरिकालाई ताइवानको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। चिनियाँ विदेशमन्त्रीले वाङ यीले अमेरिकी प्रतिनिधिसँगको भिडिओवार्तामा सिधै ‘ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नु बराबर हो’ भनेका हुन्। चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ। तर चिनियाँ नीति ताइवानमा नचल्ने त्यहाँको राष्ट्रपति साइ इंग–वेनले बताउँदै गर्दा अमेरिकाले उसलाई हतियारहरु बेच्ने गरेको छ। पछिल्लो समय अमेरिकी […]

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रुसको एक अदालतले शनिबार खारेज गरिदिएको छ। नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ। नाभाल्नी रुसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्। उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटकपटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको […]

‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस

काठमाडौँ। ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा […]

एकसाथ सय बढी सवारी दुर्घटना हुँदा अमेरिकामा ६ जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको […]