मेस्सीले छाडे बार्सिलोना

काठमाडौं ।  अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब […]

थ्री स्टारको भवनका लागि ललितपुर– १६ वडाबाटै २५ लाख

  नेपालको खेलकुद विकासमा अग्रणी संस्था थ्री स्टारक्लबको भवन निर्माणको लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्ता स्वरुप हाललाई ९ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो ।सो अवसरमा […]

पहिलो हिटबाटै बाहिरिइन् नेपालकी सरस्वती

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् […]

युरोकपको उपाधि इटालीले चुम्यो, ट्राइब्रेकरमा इंग्ल्यान्ड पराजित

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डलाई ट्राइब्रेकरमा पराजित गर्दै इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि उचालेको छ। लन्डनको वेम्वेली स्टेडियममा आइतबार राति भएको खेलमा इटालीले पेनाल्टी सुटआउटमा ईंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औँ संस्करणको उपाधि जितेको हो। ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। इटाली यसअघि सन् १९६८ मा घरेलु […]

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका थिए । यससँगै कप्तान […]

अर्जेन्टिना र ब्राजिल कोपा अमेरिको फाइनलमा भिड्ने

काठमाडौँ । कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो। उपाधिका लागि ब्राजिल र अर्जेन्टिना ११ जुलाईमा आमनेसामने हुनेछन्। ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। निर्धारित समयमा एक […]

विश्व ओलम्पिक डे को अवसरमा नेपाल बक्सिङ संघ सम्मानित

काठमाडौँ। विश्व अाेलम्पिक डे काे अवसरमा बिहिबार एक कार्यक्रमका विच नेपाल अाेलम्पिक कमिटीले हालै नेपालमा सम्पन्न १३ अाैँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका प्रशंसापत्र द्वारा सक्मान गरेकाे छ । १३ अाैँ सागमा नेपालले एेतिहासिक ३ स्वर्ण,६ रजत र ६ कास्य पदक जित्न सफल भएकाे हो । कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप-राष्ट्रपती नन्द बहादुर […]

कतारले विश्वकप हेर्ने १० लाखलाई कोरोना खोप लगाउने

दोहा । कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ । कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् । “हामी हाल विश्व कप कतार २०२२ मा […]

युरोकपमा आज ६ टोली भिड्दै

काठमाडौं, ४ असार । युरोपियन च्याम्पियनसिपअन्तर्गत आज शुक्रबार तीन खेल हुँदै छन्। आज समूह ‘डी’का दुई तथा समूह ‘ई’को एकसहित तीन खेल हुनेछन्। युरोकपको आजको मध्यराति हुने खेलमा बहुप्रतीक्षित इङ्ग्ल्याण्ड र स्कटल्याण्ड खेल्नेछन्। आजको पहिलो खेलमा समूह ‘ई’का स्विडेन र स्लोभाकिया खेल्नेछन्। दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक तथा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। क्रोएसियाविरुद्ध चेक […]

खेलकुद महासंघले दियो प्रहरीलाई स्वास्थ्य सामाग्री

नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा रहेको महासंघको टोलीले बुधवार प्रहरी परिसर र वृत्तमै पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको निर्वाचन उपसमितिका सचिव अशोकराज ढुंगेलले जानकारी […]