भक्तपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ

मध्यपुरथिमि, २ फागुन । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]

कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी

काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]

बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

काठमाडौं, १ फागुन । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी […]

पुल्चोकको एक पसल करोडौको सुन चोरेर भाग्दै गरेका तीन भारतीयलाई थानकोटमा प्रहरीले यसरी पक्रियो

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]

भोलि देखि करिब ३० लाख बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै

काठमाडौं, २९ माघ। सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो अभियान सञ्चालन हुनेछ । सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान सञ्चालन […]

कोरोनाले संक्रमित ४७४० जना उपचारपछि डिस्चार्ज

काठमाडौं, २९ माघ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ। मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन्। त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन्। चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज […]

धुर्मुस सुन्तलीले बनाइरहेको गौतम बुद्ध रङ्गशालालाई सन्दिप लामिछानेको साथ, दिए ७०७८४

काठमाडौं, २९ माघ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम […]

मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना

पाल्पा,२९ माघ । मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीआँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल छन । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले […]

पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान:मुख्यमन्त्री

पाल्पा, २९ माघ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग हो । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन्। ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उनले […]