आज चट्याङसहित पानी पर्ने सम्भावना, हेर्नुहोस आगामी तीन दिनको मौसम

काठमाडौँ, ११ फागुन । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ ।आज दिउँसोपख आशिंक बदली हुने र राती भने पश्चिमी भूभागका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा विभागले जनाएको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ११ गते आईतबार […]

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा आज करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ […]

बस दुर्घटना हुँदा ४३ जना घाइते

तनहुँ ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ४३ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार ४३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले […]

लागु औषध खैरो हिरोईनसहित पाँच जना पक्राउ

धनगढी, ११ फाल्गुण । लागुऔषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न पाँच जनालाइ प्रहरीले धनगढी बसपार्कको एउटा होटेलबाट प्रकाउ गरेको छ । ३ ग्राम ४१० मिलिग्राम खैरो हिरोईन सहित अछाम होटेलका सञ्चालक बिजय साउद र धनगढी उपमहानगर पालिका वडा नं २ बस्ने सुनिल कुँवर लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै […]

घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट मुक्त स्थानीय

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालङुका घरघरमा रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानीको धारा पुगेको छ । खानेपानीको धारा पुगे पछि स्थानीयहरुले घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यताबाट मुक्त भएका छन ।  स्थानीय निकायको निर्वाचन भएपछि पहिलो आर्थिक बर्षबाट पालुङमा खानेपानी आयोजनाको काम सुरु गसिएको थियो । निरन्तरको सक्रियाताले करिब दुुई बर्षमा घरघरमा पानीको धारा […]

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

११ फागुन । शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो । ना ५ ख ३७७७ नं. को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय […]

शिवरात्रीमा सडकमा डोरी टागेर बसेका बालकको बसको ठक्करबाट गयो ज्यान

दोलखा, ९ फागुन । शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो । कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सिगटीबाट काठमाडौ आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिँदा […]

तीर्थयात्राका लागि गएका ६ जना नेपालीको दुर्घटनामा परि मृत्यु

काठमाडौं, ८ फागुन । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार […]

क्वारेन्टाइनमा रहेका १७५ जनाकै रिपोर्ट नेगेटिभ आएपछि विद्यार्थी उत्साहित

काठमाडौँ, ८ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरसको महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको थियो । यहाँ राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा […]

मन्त्री बास्कोटालाई बर्खास्त गर्न नेविसंघको चेतावनी (विज्ञप्ति सहित) हेर्नुहोस!

काठमाडौं, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बिवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने […]